काठमाडौं । नेपालमा गएको २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १७ हजार ६८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
Advertisement
यो अवधिमा १ हजार ९२९ जना डिस्चार्ज भएका छन्। आज २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

