• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाली प्रगतिशील साहित्यमा नारी हस्ताक्षरबारे अन्पाको दशौँ कार्यक्रम


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले “नेपाली प्रगतिवादी साहित्यमा नारी हस्ताक्षर” विषयमा दशौँ मासिक कार्यक्रम सम्पन्न गरेको छ । २०७८ साउन ३२ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    र्यक्रममा प्रगतिशील लेखक सङ्घकी केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले २००६ सालदेखि अर्थात् नेपाल कम्युनिस्ट पार्टीको स्थापना र कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद भएसँगै नेपालमा प्रगतिवादी साहित्य लेखन अगाडि बढेको बताउनुभयो ।

    ‘सामन्तवाद तथा साम्राज्यवाद विरोधी चेतनासँगै नेपालमा प्रगतिवादी साहित्य सुरु भयो’ उहाँको भनाइ थियो ।

    मन्तव्यको क्रममा प्रगतिवादी साहित्यमा नारी हस्ताक्षरको सन्दर्भमा पारिजातलाई शीर्षस्थानमा राख्नुपर्ने उहाँको धारणा थियो ।

    ‘पारिजात दार्जिलिङबाट नेपाल नआएको भए नेपालको प्रगतिवादी लेखनमा महिलाको भूमिका के हुन्थ्यो होला ?’ डा. शर्माले अगाडि भन्नुभयो– ‘प्रगतिवादी महिला लेखनमा पारिजात सबै विधानमा उच्च स्थानमा रहनुभयो ।

    उहाँले तफसिलमा व्याख्या गर्दै आख्यान, कविता, निबन्ध, नाटक र समालोचना सबै क्षेत्रमा पारिजातको भूमिका सबैभन्दा माथि भएको बताउनुभयो ।

    ‘प्रगतिवादी महिला लेखनमा महिला उत्पीडनको मात्रै नभएर वर्गीय उत्पीडनको पनि विरोध गरिएको छ’ डा. शर्माले प्रगतिवादी महिला लेखनको सार खिच्नुभयो ।

    कविता विधाले साहित्यको नेतृत्व गरिरहेको बताउँदै उहाँले महिलाहरू अहिले त झन् सशक्त अवस्थामा आइपुगेको दाबी गर्नुभयो ।

    उहाँले साहित्यमा धेरै लेख्नेभन्दा पनि हस्तक्षेपकारी ढङ्गले लेख्न सके अर्थात् सकेसम्म प्रतिधु्रवलाई निस्तेज पार्ने, नभए टक्करसम्म दिने गरी साहित्य रचना गर्नुपर्ने आवश्यकतामा ध्यान दिन आग्रह गर्नुभयो ।

    महिला साहित्यकार परिमाणमा भन्दा पनि गुणमा स्तरीय भएको उहाँको भनाइ थियो ।

    उहाँले नेपाली साहित्यमा शिल्पकलामा नयाँपन नदेखिनु चिन्ताको विषय भएको पनि बताउनुभयो ।

    अन्पाका महासचिव तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह, साहित्यकारहरू पूर्ण ओली र मुकुन्दप्रसाद शर्माको आतिथ्यता रहेको थियो ।

    अन्पाका अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन सचिव गिरीप्रसाद बुढामगरले र स्वागत मन्तव्य कोषाध्यक्ष प्रकाश थापामगरले गर्नुभएको थियो ।

    कार्यक्रममा जगत् वाशिष्ठले पूरक मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा ऋतु केसीले “ऊ र एउटा प्रण”, समष्टि बुढाले “सपनाको सहर”, पिताम्बर भट्टराईले “हँसिया–हथौँडा”, मुकुन्दप्रसाद शर्माले “मानव”, वासुदेव ज्ञवालीले “बिरामीको सेवा” तथा बाबुराम आचार्य, कमला बगाले, नारायण ज्ञवाली र गिरीप्रसाद बुढाले तिजगीत प्रस्तुत गर्नुभएको थियो ।

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.