काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
१५ हजार ४६२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो अवधिमा २ हजार २९४ जना डिस्चार्ज भएका छन्।
यस्तै, आज ३२ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २१२ पुगेको छ।
आज काठमाडौं उपत्यकामा १ हजार १३३ जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना रहेका छन्।
आज देशभर ३८ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।