काठमाडौं । गएको २४ घण्टामा नेपालमा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement
१९ हजार १२३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
यो अवधिमा २ हजार ११५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ ।
आज देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन् ।