काठमाडौँ । गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसहित कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ ।
Advertisement
सोमबार दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ३७८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
यो अवधिमा दुई हजार २९ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर २४ हजार ४८५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।