हेटौँडा । मकवानपुर जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो ।
Advertisement
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव २०६८ मा सो रोग फेला परेकामध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६/७७ मा २९ र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।
चिकित्सकका अनुसार माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्दछ । यसबाट बच्न उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ ।