• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारको कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था समेटिनु सकारात्मक : केसी


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था समेट्नु सकारात्मक भएको बताउनुभएको छ ।

    Advertisement

    सरकारमा सञ्चालनका लागि सत्तारुढ चार दलले बनाएको कार्यदलले बुझाएको प्रतिवेदनमा सो विषय उल्लेख छ । सरकारले प्रतिवेदन आज (आइतबार) सार्वजनिक गर्ने भएको छ। आइतबार दिउँसो चार बजे सिंहदरबारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

    प्रतिवेदनको बुँदा नं ३.२ (९) मा भनिएको छ, ‘विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको अधिकार दिलाउन पहल गर्ने ।’ सो कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले सकारात्मक रुपमा लिएको र अब कानुन निर्माणका लागि दबाब दिनुपर्ने आवश्यकता रहेको अध्यक्ष केसीले बताउनुभयो ।

    ‘हाम्रो पार्टीले विदेशमा रहेका नेपालीहरूलाई उनीहरू कार्यरत रहेकै स्थानबाट मतदानको व्यवस्था मिलाउन लगातार माग गर्दै आएको थियो । सरकारले आफ्नो न्यूनतम कार्यक्रममा त्यो विषयलाई समेटेको छ । जुन सकारात्मक छ’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘अब कानुन बनाएरै यो विषय कार्यान्वयन गर्न मैले पाँच दलको बैठकमा सुझाव दिएको छु । कार्यान्वयनका लागि थप दबाब दिन आवश्यक छ ।’

    यो पनि :यस्तो छ संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

    यस्तै, अध्यक्ष केसीले एमसीसीलगायतका कतिपय विवादित विषय साझा कार्यक्रममा नआउनु पनि सकारात्मक भएको बताउनुभयो । तर, एमसीसी लागू गराउनेमा अमेरिकी साम्राज्यवाद प्रयासरत रहने भएकोले विरोध र भण्डाफोर गरिरहनु पर्नेमा अध्यक्ष केसीले जोड दिनुभयो ।

    सत्तारुढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको थियो ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश गरिएको छ ।
    अध्यक्ष केसीले आफ्नो पार्टी सरकारमा सामेल नभएका कारण कार्यदलमा सामेल नभएको स्पष्ट पार्नुभयो ।

    ‘हामी सरकारमा जाँदैनौंँ । त्यसकार सत्तारुढ दलहरूको राजनीतिक संयन्त्र वा कार्यदलमा पनि बस्दैनौँ’ केसीले भन्नुभयो, ‘प्रधानमन्त्रीले बोलाएको बैठकमा गएर आफ्ना कुरा राख्छौं । राम्रो कामको समर्थन र नराम्रो काम गरे भण्डाफोर गर्छौैं ।’

     

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.