काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । आज (शुक्रबार) २५ जनाको निधन भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको हो ।
Advertisement
गएको २४ घण्टामा ३ हजार ७२९ जना संक्रमित थपिएका छन् । १५ हजार ६७५ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १ हजार ८८५ जना निको भएका छन् । यस्तै, आज काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना गरी ७०१ जनामा संक्रमण पुष्टि भएको छ ।