काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा साउन २२ देखि २४ गतेसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । नगर कार्यपालिकाको कार्यालयले साउन २१ गते सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
सूचनाअनुसार असार ३०, ३१ र साउन १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका सर्वसाधारणका लागि दोस्रो खोप लगाउन थालिएको छ । त्यसका लागि नगरपालिकाभित्र पाँच स्थान तोकिएको छ ।
खोप लगाउनका लागि सर्वसाधारण जनता पहिलो खोप लगाएको कागज लिएर वडा नं. २ गणेशचोकस्थित गणेश मावि, वडा नं. ८ गोल्फुटारस्थित महाङ्काल जनजागृति मावि, वडा नं. १० कपन बेखस्थित बालउद्धार मावि, सोही वडाको मनकामना मन्दिरनजिकको नेपाल चार्टर स्कुल र वडा नं. १३ चुनिखेलस्थित नौलिन माविमा पुग्नेपर्ने छ ।
खोप बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म लगाइने सूचनामा उल्लेख छ ।
थप जानकारीका लागि ९८४९६४९६४४, ९८४३६३१२२७, ९८४८८७३७३६, ९८६४९४०१०२ र ९८४१३५४००६ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ ।
