काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उहाँको मृगौला प्रत्यारोपण गरिएको हो ।
सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले २०७८ साउन २० गतृ सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । अस्पतालमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्र नेतृत्वको टीलीले नेता खनालको उपचार गराइरहेको थियो ।
मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार नेता खनालले केही दिन अझै अस्पतालमा आराम गर्नुपर्ने छ ।
स्वास्थ्यमा समस्या आएपछि गत जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेनिल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि असार २ गते पनि दिल्ली लगिएको थियो ।