काठमाडौं । गएको २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार ८११ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
Advertisement
यो अवधिमा १ हजार ९२५ जना डिस्चार्ज भएका छन्। यस्तै, आज २३ जनाको कोरोनाका कारण ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ।
आज काठमाडौंमा ७७० जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जना रहेका छन्।

