काठमाडौं । भुटानले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । आफ्ना नागरिकलाई लगाइसकेपछि उब्रिने खोप भुटानले नेपाललाई दिने भएको हो ।
Advertisement
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो ।
कोभ्याक्सअन्तर्गत अमेरिकाले ५ लाख डोज मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप उपलब्ध गराएको भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशले पनि अस्ट्राजेनेकाकै १ लाख र सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए ।
ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ।