काठमाडौँ । गत २४ घण्टामा नेपालमा नेपालमा तीन हजार ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१४ हजार २४२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १ हजार ३७३ जना डिस्चार्ज भएका छन् ।
बिहिबार १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ८६० जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना रहेका छन् ।
हिजो नेपालमा ३ हजार ८४० जना संक्रमित थपिएका थिए भने ३३ को मृत्यु भएको थियो। यस्तै, १ हजार ९९३ जना सङ्क्रमणमुक्त भएका थिए।
हिजो काठमाडौँ उपत्यकामा ८५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौँमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना रहेका थिए ।