काठमाडौँ । पछिल्लो २४ घण्टामा थप तीन हजार ११४ जनामा कोरोना सङ्क्रमण थपिएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पिसिआर परीक्षणमा दुई हजार ३०९ र चार हजार २८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ र दुई हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् ।
यता, काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै, काठमाडौं उपत्यकाबाहिर कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

