काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको छ ।
यो अवधिमा १ हजार २८८ जना निको भएका छन् ।
Advertisement
यस्तै, आज २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।