काठमाडौं । काठमाडौंमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले आज (शुक्रबार) एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगन गरिएको जनाएको हो।
Advertisement
असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ।


