काठमाडौं । विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखाले आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्तिको अवसरमा भानु विमर्स तथा रचना वाचन गरिएको छ ।
जुम मार्फत मंगलबार आयोजित कार्यकममा देशभित्र र बाहिरका साहित्यकारहरुबाट बिभिन्न रचना वाचन गर्नु का साथै भानुभक्तको बारेमा धारणा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद प्राड़ा टंकप्रसाद न्यौपाने, विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासंघ (विनेसाम) केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु , महासचिव सुनिता राई, अतिथि ऋषिराम सापकोटा र चरित्रा शाहले आदिकवि भानुभक्त आचार्यको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल‘ जिज्ञासु’ ले गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष केबी पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा भानुभक्तको सम्झनामा लेख प्रासाद प्याकुरेल, इन्दिरा गौतम, नाज सिंह, बोधराज प्याकुरेल, सिता विस्ट कार्की, केशु पोख्रेल खनाल, कृष्ण प्रसाद कार्की, मुना सिग्देल, बिमला शर्मा ढुंगाना, सुमित्रा आचार्य लगायतले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन विनेसाम नेपाल शाखाकि माहासचिव अम्बिका याम्फु अनमोलले गर्नु भएको थियो ।