काठमाडौँ । गत २४ घण्टामा नेपालमा दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार १२ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् ।
Advertisement
यो अवधिका ३ हजार ७८ जना निको भएका छन् ।
यस्तै, आज १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसहित नेपालमा ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ ।
मङ्गलबार काठमाडौँ उपत्यकामा काठमाडौँ चार सय १०, ललितपुर ९७ र भक्तपुरमा ८० जना गरी पाँच सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो देशभर एक हजार १३३ जना सङ्क्रमणमुक्त भएका थिए भने दुई हजार तीन सय ७० सङ्क्रमित थपिएका थिए । १८ जनाको मृत्यु भएको थियो ।
यस्तै, काठमाडौँ उपत्यकामा चार सय ३३ जनामा सङ्क्रमण देखिएको थियो, जसमा काठमाडौँ दुई सय ८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन् ।