काठमाडाैं । नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट डेल्टा र डेल्टा प्लस देखिएकाे छ । नुवाकोटको त्रिशूली अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये ३ जनामा डेल्टा र एक जनामा डेल्टा प्लस भेरिएन्ट पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।
Advertisement
अस्पतालका सुपरिटेन्डे्न्ट डा. दीपेन्द्र पाण्डेका अनुसार पीसीआर पोजिटिभ देखिएका ४ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (काठमाडौं) मार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएकामा ३ जनामा डेल्टा (B.617.2) र एक जनामा डेल्टा प्लस (B.167.2)+K417N पुष्टि भएका हुन्।
हेर्नुहोस्, अस्पतालद्वारा जारी विज्ञप्तिः
