काठमाडौँ । गएको २४ घण्टामा नेपालमा २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
Advertisement
११ हजार ३१६ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन्, जसमा ६ हजार ६५७ जनाको पिसिआर र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यो अवधिमा १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् ।
शुक्रबार २० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ३४० पुगेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा केही दिनयता निको हुने भन्दा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।