• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अकुपाइ टुँडिखेलः हजारौँको हातेसाङ्लोले खुलामञ्च घेरिने


  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्न हजारौंँ जनाको मानव साङ्लोले टुँडिखेल घेरिने भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ ले शनिबार यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

    Advertisement

    ‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ ‘अकुपाई टुँडिखेल’ ले बिहान ८ बजेदेखि अभियानको सुरुवात गर्दैछ ।

    प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको टुँडिखेल अतिक्रमण हुँदै गइरहेको प्रति अभियानले विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

    टुँडिखेल क्षेत्रमा बसपार्क, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने काम भएकाले सचेतनाका लागि ‘अकुपाई टुँडिखेल’ अभियान चलाउनु परेको अभियन्ताहरु बताउँछन् ।

    अभियानका संयोजक विजय श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको टुँडिखेल हामी सबैका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको अतिक्रमणले महत्वपूर्ण सम्पत्ति गुमाउने अवस्था आएकाले हामीले अभियान चलाएका हौँ ।’

    कुनै समय रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको चार किलोमिटर लामो र तीन सय मिटर चौडा टुँडिखेल अहिले भने २०५ मिटर लम्बाइ र १५५ मिटर चौडाइ (खुलामञ्चतर्फ) र ३०० मिटर लम्बाइ र २५० मिटर चौडाइ (सैनिकमञ्चतर्फ) मा खुम्चिएको छ ।

    टुँडिखेल क्षेत्र लिच्छविकालमा प्रतिङ्गिरा देवी र बज्रभैरवले बज्रतुण्डी नामक देवीलाई दाइजो दिएको किम्बदन्ती छ । त्यतिबेला यसको नाम तुण्डी थियो । पछि टुँडिखेल रहन गयो  । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरेपछि यो सैनिकहरुको परेड खेल्ने मैदान बन्यो । अहिले पनि टुँडिखेलको एक भाग सैनिककै कब्जामा छ ।

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.