लन्डन । बेलायतमा गएको जनवरी महिनापछिकै सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ ।
बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्याङ्कमा बुधबार पाँच महिनायताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।
बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोनासका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चार माध्यमरूले जनाएका छन् ।
त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै सङ्क्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोनाबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।
अधिकारीले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने सङ्क्रमितको सङ्ख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।
यहाँ केही महिनाअघि देखि सङ्क्रमित घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमित बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)