काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौंका कोषाध्यक्ष अमृत आचार्यको उपचारका लागि तनहुँका लेखक, साहित्यकारहरुले सहयोग गरेका छन् । प्रगतिशील लेखक संघ र शुक्ला साहित्य संगम तनहुँले संकलन गरेको ४२ हजार ४० रुपैयाँ अमृतको उपचारका लागि सहयोग गरेका हुन् ।
Advertisement
सो रकममध्ये २७ हजार ४९० प्रलेस र १४ हजार ५५० रुपैयाँ शुक्ला साहित्य संगमले संकलन गरेको बताइएको छ । संकलित रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक संघ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
जनगायक जीवन शर्माका छोरा अमृत घाँटीको नलीमा जटिल समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अमृतको थप शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

