काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
१० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जना संक्रमित फेला परेका हुन्।
त्यस्तै, यो अवधिमा थप ३१३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित कोरोना संक्रमणका कारण आजसम्म मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ।
त्यस्तै,काठमाडौं उपत्यकामा काठमाडौं २८५, ललितपुर ३५ र भक्तपुर ३३ जना गरी ३५३ जनामा संक्रमण देखिएको छ।