काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।
यही अवधिमा थप ६ हजार २९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् ।
यस्तै, आज ६१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका छ । आज देशभर सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।