काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी र प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार जिप दुर्घटनामा गम्भीर घाइते भएका छन् । उपप्रमुख चौधरी चढ्ने गरेको सरकारी नम्बर प्लेटको स १ ज ५३१ नम्वरको जीप मंगलबार बिहान दुर्घटना भएको हो ।
Advertisement
विराटनगरबाट उदयपुरको गाईघाट जाने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने ठाउँमा जिप पल्टिएको हो। दुर्घटनामा जीप चालक योगेश चौधरी सामान्य घाइते भएका छन्।
घाइते दुबैलाई बेल्टार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उदयपुर प्रहरीले जनाएको छ ।