• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षक र निजामति कर्मचारीमाझ विभेद नगर्न अखिल नेपाल शिक्षक संघको माग


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले शिक्षक र निजामति कर्मचारीमाझ विभेद नगर्न माग गरेको छ ।

    Advertisement

    आगामी आ.व. २०७८/७९ को बजेटमा शिक्षक र निजामति कर्मचारीमाझ विभेद गरिएपछि शिक्षक सङ्घले यस्तो आवाज उठाएको हो ।

    महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०७८ जेठ २३ गते प्रेसविज्ञप्ति जारी गर्दै शिक्षक सङ्घले यस्तो माग गरेको हो ।

    “नेपालमा सामुदायिक विद्यालय शिक्षालाई प्राथमिकता दिनुपर्नेमा आफैले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन विपरीत शिक्षक र कर्मचारीबिच गम्भीर विभेद गरिएको छ” प्रेसविज्ञप्तिमा अगाडि भनिएको छ– “राष्ट्रसेवक कर्मचारीलाई १० लाख दुर्घटना बिमा, उनका सन्ततिलाई अलग विद्यालय र छात्रवृत्ति, एक लाख स्वास्थ्य बिमा तथा १० दिने पर्यटन काजजस्ता सुविधाको प्रबन्ध गर्दा शिक्षाकर्मीहरूको हकमा त्यस्तो सुविधा दिइएन ।”

    केन्द्रीय समितिको जेठ २१ गते सम्पन्न भर्चुअल बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको उक्त प्रेसविज्ञप्तिमा कामचलाउ सरकारको शिक्षा र शिक्षाप्रेमीप्रतिको गैरजिम्मेवार, उदासिन, अवहेलना, उपेक्षा र विभेदपूर्ण नीतिले समग्र शैक्षिक क्षेत्र अझ बढी अस्तव्यस्त हुने ठहर गरिएको छ ।

    बजेटमा सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता विपरीत २० प्रतिशतको आधा मात्र रकम विनियोजन गरी शिक्षाक्षेत्रप्रति नकारात्मक पूर्वाग्रही रवैया अपनाइएको आरोप लगाइएको छ ।

    विद्यालय कर्मचारी र बालशिक्षकलाई १५ हजार मासिक पारिश्रमिक तोकिए पनि व्यवहारमा ७ हजार रुपियाँ मात्र दिइएकोमा आपत्ति जनाउँदै प्रेसविज्ञप्तिमा त्यसलाई छलछामपूर्ण गतिविधि बताइएको छ ।

    कोभिड महामारीको कारण एसइई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गरिने भएपछि राष्ट्रिय परीक्षा बोर्डमा जम्मा गरिएको गत वर्ष र यस वर्षको परीक्षा शुल्कबापतको करोडौँ रकम विद्यालयमार्फत विद्यार्थीलाई फिर्ता गर्न पनि आग्रह गरिएको छ ।

    कोभिड विरुद्धको खोप उपलब्ध गराई शैक्षिक वातावरण तयार पार्न आग्रह गरिएको उक्त प्रेसविज्ञप्तिमा नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसित गरेको विभिन्न सहमति, सम्झौतानुसारका माग तत्कालै कार्यान्वयन गर्नमा समेत जोड दिइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्ति

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.