काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने १७ जनाकै सनाखत भएको छ । मृतकमा महिला ९, पुरुष १, बालक ४ र बालिका ३ छन् ।
मृतक मध्ये अधिकांश दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकाका बासिन्दा छन् । नदीमा अझै केही व्यक्ति हराइरहेको आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसी नदीमा खसेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका ५ की ५२ वर्षीया चेतकुमारी, सोही गाउँपालिका ४ की ६ वर्षीया सलिना तामाङ, दोलखाकै शैलुङ्गेश्वरी ३ का ३ महिनाका शिशन तामाङ, शैलुङ्गेश्वरी ३ की २७ वर्षीया चमेली श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउँपालिका ५ की ४५ वर्षीया रत्नकुमारी राउत, दोलखा भीनपा–९ कि २४ वर्षीया रञ्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरीकी ६ वर्षीया सायरानी श्रेष्ठ, दोलखा सैलुङ्गेश्वरी–५ का वर्ष २९ को किरण राउत, सोही स्थानकी वर्ष २० की कबिता राउत र दोलखा शैलुङ्गेश्वरी ५ का १४ वर्षीय रितेस खड्काको मृत्यु भएको हो ।
यस्तै, सोही गाउँपालिका–४ का १४ वर्षीय दिउन लामा, सोही गापा ३ का वर्ष ३२ की निर्मला खड्का, वार्ड नं ४ वर्ष ५ की सजिना तामाङ, वार्ड नं २ की ७० वर्षीया उरमाया मोक्ताङ, वार्ड नं ५ की ३८ वर्षीया सानु राउत आले, वार्ड नं ३ को वर्ष १३/१४ को रिकेश खड्का, चितवन पटिहानी (साविक) ८ की वर्ष ५६ की पुजा बस्नेतको ज्यान गएको हो ।
दुर्घटनामा ५० जनाजति घाइते भएको र तीमध्ये अहिले २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले प्रहरीले जनाएको छ ।