• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रोल्पाका विद्यालय बन्द, वैकल्पिक शिक्षण विधि छैन, बालबालिका समस्यामा


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • उमा केसी, रोल्पा ।
    रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४ गते परीक्षा स्थगित भएको थाहा पाइन् । अन्तिम कक्षा ८ को अन्तिम परीक्षा स्थगित भएको सूचनाले उनलाई निकै दुःखी बनायो ।

    Advertisement

    परीक्षा स्थगित भएसँगै विद्यालय समेत बन्द भयो । विद्यालय बन्द भएको एक महिना पूरा भयो, उनलाई कताव हेर्न रुची लाग्दैन । अघिल्लो वर्ष पनि यस्तो समस्या भोगेकी उनले यसवर्ष सहजताका साथ परीक्षा दिने आशामा थिइन् । परीक्षा स्थगित भएको एक महिना पूरा भइसक्यो तर अझै उनको परीक्षा कहिले हुन्छ भन्ने टुंगो छैन ।

    त्यसैगरी ब्राइट फ्यूचर आवासीय विद्यालयमा अध्ययनरत नितेश थापा विहान उठेदेखि मोवाइलमा व्यस्त हुन्छन् । किताव हेर्न त परै जाओस् मोइबाइलमा गेम खेल्दै उनको दिन वित्ने गर्दछ । रोल्पाका अधिकांश विद्यार्थीहरुको यस्तै भोगाइ छ । छिमेकी जिल्लाहरुमा वैकल्पिक माध्यमवाट पठनपाठन भएको खबर सुन्ने उनीहरु आफैँ भने यसबाट समेत वञ्चित रहँदा शैक्षिक भविष्य नै अन्यौल हुने हो कि भन्ने चिन्तामा छन् ।

    अघिल्लो वर्ष जस्तै कोरोनाको महामारी देखिन सक्ने भन्दै रोल्पा नगरपालिकाले जेठ २ गते देखि सञ्चालन गर्ने भनिएको कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा १९ दिन अघि वैशाख १५ देखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । नगर क्षेत्रका अधिकांश विद्यालयहरुले अन्य कक्षाको परीक्षा पनि सोही मितिकै आसपासमा गर्ने तयारी गरेका थिए । केही विद्यालयहरुले कक्षा १० को टेष्ट परीक्षा सम्पन्न गरिसकेका थिए । नगरस्तरीय परीक्षाका लागि प्रश्नपत्र समेत वितरण भइसकेको थियो । परीक्षाको भौतिक, आर्थिक र व्यवस्थापकीय तयारीको सबै काम पूरा भइसकेको तथा विद्यार्थी पनि परीक्षाका लागि पूर्ण रुपमा तयारी भइसकेका बेला एकाएक स्थगित भएको परीक्षाले यहाँका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेको छ ।

    भौतिक तथा वैकल्पिक दुवै पठनपाठनबाट लामो समयदेखि वञ्चित भएका उनीहरु दुव्र्यसनको शिकार हुने हुनकी भन्ने चिन्ता अभिभावकले व्यक्त गर्न थालेका छन् । विद्यालय बन्द भएको एक महिनासम्म जिल्लाका कुनै पनि विद्यालयहरुले वैकल्पिक विधिद्धारा पठनपाठन गर्ने तत्परता नदेखाउदा पढेका विषयवस्तु पनि विद्यार्थीहरुले विर्सदै जान थालेकोप्रति अभिभावकले चिन्ता गरेका छन् ।

    विद्यालय बन्द भएको एक महिना पग्दासम्म आफ्ना छोराछोरीले किताव नहेरेको अभिभावक तीर्था आचार्यको भनाई छ । आफूले त बालबालिकाले चौबीसै घण्टा मोवाइलमात्र हेर्ने गरेको देखेको आचार्यले बताउनुभयो । मोवाइलको लतबाट उनीहरुलाई कसरी छुट्कारा दिने हो भन्ने नै अहिलेको चिन्ताको विषय भएको आचार्यले बताउनुभयो ।

    अघिल्लो वर्ष अनलाइन कक्षा तथा रेडियोबाट पठनपाठनन सञ्चालन भएकाले केही सहज भएको भए पनिे यसपालि त कुनै विद्यालयले पनि अनलाइन कक्षा लिएको नदेखिएन उहाँले सुनाउनुभयो । कोरोनाका कारण भएको निषेधाज्ञा कहिलेसम्म लम्बिने हो निश्चित नभएकाले विद्यालयहरुले वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने आचार्यको भनाइ छ ।

    त्यसो त सदरमुकाम लिवाङ र एकाध बजार केन्द्रवाहेक रोल्पाका अधिकांश ठाउँमा इन्टरनेटको पहुँच नभएकाले वैकल्पिक पठनपाठनको लागि प्रभावकारी मानिएको भर्चुअल कक्षाको पनि सम्भावना निकै कम छ । जिल्ला सदरमुकाम र बजार केन्द्रमा रहेका विद्यालयमा पढ्न आएका विद्यार्थी पनि कोरोनाको त्रास तथा विद्यालयको पठनपाठनको अनिश्चितताका कारण घर गइसकेको छन् । घरमा उनीहरुलाई पनि नेटको पहुँचमा ल्याउन निकै कठिन रहेको अघिल्लो वर्षको अनुभव रहेको बालकल्याण नमूना माविका व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको भनाई छ । सदरमुकाम आसपासमा बस्नेहरुका लागि भर्चुअल माध्यमबाट पठनपाठनको सम्भावना भए पनि ग्रामीण भेगमा रहनेहरुका लागि कम सम्भावना देखियो न्यौपाने बताउनुहुन्छ । अघिल्लो वर्ष अनलाइन कक्षाको अभ्यास गरेपनि निकै कम विद्यार्थीले मात्रै लाभ लिएको देखियो न्यौपानेले भन्नुभयो ।

    रोल्पामा रेडियोमार्फत् दिइने वैकल्पीक शिक्षाको सम्भावना अरुको तुलनामा बढी प्रभावकारी देखिन्छ । एक अध्ययनअनुसार ९२ प्रतिशत रोल्पालीसँग स्थानीय रेडियोहरुको पहुँच छ । अघिल्लो वर्ष रोल्पाका केही स्थानीय तह र विद्यालयहरुले रेडियोमार्फत् नै पठनपाठन गरेका थिए । स्थानीय तहबाट वजेट व्यवस्थापन गरी यस्ता कक्षा सञ्चालन गर्ने स्थानीय तहमा रोल्पा नगरपालिका र लुंग्री गाउँपालिका देखिएका थिए । उनीहरुले जिल्ला सदरमुकाममा रहेका सामुदयिक रेडियोहरुबाट यस्तो कक्षा सञ्चालन गरेका थिए ।

    लुंग्री गाउँपालिकाले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरेको रेडियो कक्षामा सहभागी विद्यार्थीलाई एक एकवटा रेडियोसमेत उपलब्ध गराएको थियो । जिल्ला सदरमुकाममा रहेको बालकल्याण माविले रेडियो शिक्षा, अनलाइन कक्षा र टोल शिक्षाको माध्यमबाट पठनपाठन कार्यलाई निरन्तरता दिएको थियो । लामो समयसम्म भएको विद्यालय बन्दले विद्यार्थीहरु कुलतमा फस्ने खतरा रहेको शिक्षकहरुको भनाई छ । यहाँका विद्यार्थीहरु गाँजा चरेशजस्ता लागू पदार्थ सेवन गर्नुको साथै वरालिएर हिँड्ने गरेको समेत देख्न थालिएको पिताराज आधारभूत विद्यालयका प्रधानाध्यापक लिला आचार्यले बताउनुभयो । अघिल्लो वर्ष परीक्षा नदिएरै कक्षा चढाएका कारण यस वर्ष पनि परीक्षा नदिएरै पास भइन्छ भन्ने धारणा मानसिकतामा यहाँका विद्यार्थी रहेको आचार्यले भन्नुभयो ।

    अघिल्लो वर्षको कक्षा चढाउने तरिकाका कारण पनि विद्यार्थीहरुमा पढाइप्रति चासो घटेको आचार्यले भन्नुभयो । सुगम ठाउँमा मात्रै सञ्चालन हुने वैकल्पिक कक्षाले सुगम र दुर्गमका विद्यार्थीबीच दरार उत्पन्न गरेको आचार्यको भनाई छ । सबै विद्यार्थीको पहुँचमा पुग्नसक्ने वैकल्पिक कक्षा आवश्यक रहेको आचार्यले वताउनुभयो । आधुनिक प्रविधि प्रयोग गरेर वैकल्पिक पठनपाठन गर्नु राम्रो कुरा भएपनि रोल्पामा यसको सम्भावना निकै कम देखिएको नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष भगवती मल्लले जानकारी दिनुभयो । अधिकांश शिक्षक नयाँ प्रविधिसँग अध्यावधिक छैनन् भने विद्यार्थी पनि नेटको पहुँचमा नहुदा नयाँ प्रविधिको प्रयोगमा निकै समस्या रहेको बालमन्दिर प्राथमिक विद्यालय रोल्पाका शिक्षिका मल्लले भन्नुभयो । जिल्लाका स्थानीय तहहरुले नेटको पहुँच विस्तार गरेर सबै विद्यालयलाई यसको पहुँचमा ल्याउन जरुरी रहेको उहाँको सुझाव छ । प्रविधियुक्त विद्यालय र त्यसलाई प्रयोग गर्न सक्ने शिक्षक अहिलेको आवश्यकता रहेको मल्लको विचार छ ।

    रोल्पाका संस्थागत विद्यालयहरुले समेत यस्तो समस्या भोगिरहेका छन् । सदरमुकाम तथा घना बस्ती रहेको वजार क्षेत्रमा रहने यस्ता विद्यालयहरुले पनि वैकल्पिक कक्षा सञ्चालन गर्न सकेका छैनन । विद्यालय जिल्ला सदरमुकाममा रहे पनि विद्यार्थी सबै ग्रामीण क्षेत्रबाट आउने ती विद्यालयहरुको भनाइ छ । आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी ग्रामीण क्षेत्रका रहेको होलि भिजन आवासीय माविका प्राधानाध्यपक ओम केसीको भनाई छ । “विद्यालयमा मात्र नेटको पहुँच भएर के गर्नु, विद्यार्थीको घरमा नेट हुदैन” केसीले भन्नुभयो ।

    सरकारले शैक्षिक सत्रको टुंगो नलगाउदा विद्यालयहरु अलमलमा परेका छन् । वैकल्पिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयलहरुले पनि शैक्षिक सत्रको टुंगो नलाग्दा अन्यौलमा परेको देखिएको प्राधानाध्यपक केसीले भन्नुभयो । वैकल्पिक कक्षा नयाँ शैक्षिक सत्रको गर्ने की पुरानैको गर्ने भन्ने अन्यौल छ केसीले बताउनुभयो । लामो समयसम्म पढाइको पहुँचमा नहुदा विद्यार्थीहरुमा नकारात्मक काममा प्रोत्साहित हुने खतरा वढ्नसक्ने प्रधानाध्यापक केसीको चिन्ता छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका अनुसार जिल्लाका चार ४०२ विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययनरत् छन् । जिल्लामा विद्यालयमा आधारित ३६९ र समुदायमा आधारित ३८ सहित ४०७ वटा बालविकास केन्द्र रहेका छन् । छात्र पाँच हजार ५४६ र छात्रा चार हजार ९१५ गरी कूल दश हजार ४६० बालबालिकाले ती बालविकास केन्द्रमा अध्ययन गर्दछन् ।(रासस)

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.