भक्तपुर । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३२ वर्षीय एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी घर भई सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने बुद्ध लामा छन् ।
Advertisement
घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले लामालाई शनिबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।