डोटी । डोटीको शिखर नगरपालिका भागेस्वर नजिक शनिबार भएको बस दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीले दुःख व्यक्त गरेको छ । महेन्द्रनगरबाट बाजुरा जान लागेको ना ७ ख ६१८१ न. को बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
Advertisement
दुर्घटनामा परी बाजुराको बारबिस–६ का नयाँ सेरेलाको ज्यान गएको छ । यस्तै, केआई सिंह गाउँ पालिका ६ र ७ भुमिराजमान्डौका मैना तिरुवा, रेश्मा बिक, आयुष बिक, करन तिरुवा, राम तिरुवा लाल टमट्टा र कलु बिक गम्भीर घाइते भएका छन् । राजमोले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदनाका प्रकट गरेको छ ।
राजमो डोटीका सचिव केशवनाथ योगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।