• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एउटा सांसदको कमजोरीले गर्दा राष्ट्रिय जनमोर्चाको छविमा धक्का पुग्यो : चित्रबहादुर केसी


  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा सांसदको कमजोरीका कारणले राजमोको छविमा धक्का पुगेको बताउनुभएको छ ।

    Advertisement

    गण्डकी प्रदेशमा राजमो सांसद कृष्ण थापाको कमजोरीतर्फ इङ्गित गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को सातौँ मासिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष केसीले भन्नुभयो– ‘गण्डकी प्रदेशमा एउटा सांसदको गल्ती–कमजोरीले गर्दा हाम्रो छविमा इतिहासमै अहिलेसम्म नपुगेको धक्का पुग्यो ।’

    ‘बैठकमा पार्टीको निर्णय लागु गर्छु भनेर हिँड्नुभएका कृष्ण थापा गण्डकी प्रदेशमा काङ्ग्रेस जगाउने काम गर्दिनँ भनेर उठेर हिँड्नुभयो’ अध्यक्ष केसीले भन्नुभयो– ‘उहाँको यस्तो विश्वासघातले राजमोको इतिहासमा पहिलो पटक धक्का पुग्यो ।’

    उहाँले पार्टीको अनुशासन उल्लङ्घन गर्ने यस प्रकारका सांसदलाई आवश्यक छानबिनपछि राष्ट्रिय जनमोर्चाले कारबाही गर्ने पूर्वजनाउ पनि दिनुभयो ।

    उहाँले गण्डकी प्रदेश प्रकरणमा रअजस्ता विदेशी खुफिया एजेन्सीले भूमिका खेलेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

    ‘रअले कसरी नक्कली प्रोपोगन्डा मच्याउँदो रहेछ भन्ने मैले मेरो राजनीतिक जीवनमा पहिलो पटक आफै ब्यहोरेँ’ राजमो अध्यक्ष केसीको स्वीकारोक्ति थियो ।

    उहाँले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ सरकारको विकल्पमा काङ्ग्रेस नेतृत्वको सरकार बन्दा बागलुङमा मसाल नै सिद्धिन्छ भनेर प्रायोजित हल्ला मच्याइएको बताउनुभयो ।

    ‘यस्तो प्रायोजित प्रोपोगन्डा राष्ट्रपतिको सल्लाहकारसम्म पुग्यो’ उहाँले स्मरण गर्नुभयो– ‘यही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले मसित पौने एक घण्टा फोनमा कुरा गर्नुभयो ।’

    उहाँले भन्नुभयो– ‘हामीलाई गण्डकी प्रदेशमा अर्थमन्त्री दिनेजस्ता प्रलोभन दिइयो । मसित अर्थमन्त्री, परराष्ट्र मन्त्रीले समेत कुराकानी गरिराखे ।’

    रअको योजनामा ओली सरकारले गण्डकी प्रदेशमा गुरुङ सरकार यथावत राख्न पूरा शक्ति लगाएको बताउँदै अध्यक्ष केसीले भन्नुभयो– ‘गण्डकी प्रदेशमा महेश बस्नेतलाई पठाइयो । उनी गएपछि स्वतन्त्र सांसद भनिएका दीपक मनाङे गण्डकी प्रदेश सरकारका खेलकुद मन्त्री बने ।’

    उहाँले चिन्ता व्यक्त गर्नुभयो– ‘मलाई त चिन्ता लागेको छ, कतै देश नै नरहने हो कि ?’

    उहाँले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा नेपाली जनताको हातमा रहने बताउँदै देशलाई बचाउन सम्पूर्ण जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा अर्का अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले वैशाख महिनाभित्र परेका नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस, लेनिनको जन्मदिवस, अन्तर्राष्ट्रिय मजदुर दिवस र कार्ल माक्र्सको जन्मदिवससित सम्बन्धित भएर यो कार्यक्रम गरिएको बताउनुभयो ।

    अन्पाका महासचिव रहनुभएका पुरीले उपर्युक्त चार वटै विषय प्रगतिशील/प्रगतिवादी स्रष्टाका लागि सान्दर्भिक रहेकाले यस खालको संयुक्त कार्यक्रम राखिएको बताउनुभयो ।

    कार्यक्रममा “नेकपा (मसाल) को क्रान्तिकारी राजनीति” शीर्षकमा राजमो नेता आनन्द शर्माले, “कार्ल माक्र्सको दार्शनिक योगदान” शीर्षकमा अन्पाकै केन्द्रीय सदस्य समीर सिंहले, “लेनिनको सङ्गठनात्मक सिद्धान्त” शीर्षकमा अन्पाका कोषाध्यक्ष प्रकाश थापामगरले र “अन्तर्राष्ट्रिय मजदुर दिवस” शीर्षकमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का का.वा. अध्यक्ष लोकराज भुसालले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    अन्पाको अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो ।

    कार्यक्रममा खुमिराम भण्डारीले “यात्री”, समष्टि बुढाले “बचाउनु छ”, रवि पौडेलले “सिमानामा जाऊँ”, ऋतु केसीले “औंसीको उपहार”, लक्ष्मणदेव पाण्डेले “म ठुलो मान्छे” र गिरीप्रसाद बुढाले “आस्था” शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा देशविदेशमा सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.