छोरो सकेसम्म डाक्टर होओस्
पैसा बिना बिरामी छुँदै नछोओस्
Advertisement
डाक्टर नभए इन्जिनियरिङ गरोस्
गिट्टि बालुवा र अलकत्रा चरोस्
त्यो पनि नभए सरकारी कर्मचारीमा झरोस्
घुस हसुरोस्, थैलो भरोस्
त्यो पनि नभए शिक्षक बनोस्
दुईमा दुई जोड्दा पाँच हुन्छ भनोस्
त्यो पनि नभए छोरो बगली मार्न जाओस्
बगली मारेको पैसा आधि आँफू खाओस्
आधि पुलिसलाई बण्डा लाओस्
त्यो पनि नभए छोरो गुण्डा बनोस्
सके छोराले मन्त्री खान्छ,
नसके तपाईंका ‘बा’ को के जान्छ ?!