काठमाडौं । सिमाविद् बुद्धिनारायण श्रेष्ठको ‘सीमा नक्सा संग्रह’ नामक पुस्तक प्रकाशन भएको छ । वरिष्ठ संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले शनिबार पुस्तकको लोकार्पण गर्नुभयो ।
Advertisement
त्यसक्रममा जोशीले भन्नुभयो, यो पुस्तकले हाम्रो हिमाली राष्ट्र नेपालको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता अक्षुण्ण राख्न दरिलो नक्सारुपी प्रमाणका रुपमा काम गर्छ ।’
आफूहरुले विक्रम संवत् २००६ मा तयार गरेको नेपालको पहिलो नक्सा पनि पुस्तकको २५ पृष्ठमा समावेस गरिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले लेखकलाई ऐतिहासिक काम गरेकोमा धन्यवाद पनि दिनुभयो ।
‘यो नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो’ उहाँले भन्नुभयो, ‘त्यही नक्सा अहिले यो पुस्तकमा हालिएको देखेर खुशीलाग्यो ।