• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति शिक्षाद्वारा अस्वीकार, ‘अवस्था हेरेर’ विद्यालय सुचारु गर्न निर्देशन


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालयले विद्यालय चलाउने या बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी शिक्षा मन्त्रालयले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई भएको जनाएको छ ।

    Advertisement

    यसअघि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको सूचनामा काठमाडौं उपत्यकासहित कोरोना प्रभावित १४ जिल्लामा शैक्षिक संस्था तत्काल बन्द गनुपर्ने बताएको थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डीसीसीएमसीले गर्न सक्ने बताएको छ ।

    शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।

    स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेश अनुसार भौतिक रुपमा अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताउनुभयो । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।

    उहाँले भन्नुभयो ‘कोभिड संक्रमणको पुनः बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरिसकेपछि हाम्रो यसमा गम्भिर ध्यानाकर्षण भएको छ । यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्नसक्ने विभिन्न असरहरुको बारेमा विभिन्न कोणबाट छलफल गरेका छौँ । अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्री परिषद्ले गर्छ ।

    त्यस्तो अवस्थामा पनि शिक्षण सिकाईलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डिसिसिएमसी जुन छ उहाँहरुको निर्णय र स्थानीय परिवेस अनुसार, स्थानीय पालिका, स्थानीय तहहरुबाट भौतिक अथवा वैकल्पिक दुवै विधिहरुलाई जारी राख्नसक्ने हामीले निर्णय गरेका छौँ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनैपनि सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कुनैपनि कार्यक्रमहरुको आयोजना नगर्नु, नगराउनुहुन हामीले सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’

    विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुरुपको सिकाईका विभिन्न विधि अवलम्वन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकुल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन समेत मन्त्रालयले आग्रह गरेको छ । सचिव थपलियाले भन्नुभयो ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ छ त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाहरुको बारेमा उल्लेख छ । त्यसको अवलम्वन गरेर, प्रतिकुल परिस्थितिमा पनि सिकाईलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’

    त्यस्तै, सम्बन्धित पालिका तथा विद्यालयहरुले वैकल्पिक सिकाइको ढाँचाहरुको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताउनुभयो ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.