• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

नेपालकाे सार्वभाैमिकतामाथि हस्तक्षेप नगर्न अमेरिकालाई मसालकाे चेतावनी


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अमेरिकी सहायक विदेशमन्त्री एलिस वेल्सले दिएको बयान नेपालको सार्वभौमितामाथिको हस्तक्षेप भएको ठहर गरेको छ ।

    Advertisement

    वेल्सले बुधबार अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको एशिया तथा प्रशान्त क्षेत्रको उप समितिको बैठकमा बोल्दै नेपालमा चीनको प्रभाव विस्तार हुँदै गएको र तिब्बतीहरुको गतिविधिमाथि कडाई गरेको बताएकी थिइन्।

    महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रेस वक्तव्य प्रकासित गरी सहायक विदेशमन्त्री वेल्सको उक्त भनाईले नेपालको सार्वभौमितामाथि हस्तक्षेप गरको बताउनुभएको हो ।

    अमेरिकी सहायक उपविदेशमन्त्रीले प्रकट गरेको विचारले अमेरिकी साम्राज्यवादको नेपाल प्रतिको साम्राज्यवादी नीतिलाई नाङ्गो रूपले बाहिर ल्याएको महामन्त्री सिंहको वक्तव्यमा उल्लेख छ ।

    यस्तै महामन्त्री सिंहले नेपाललाई आफ्नो साम्राज्यवादी प्रभावको विस्तारका लागि इसाई धर्मलाई हतियार बनाउने प्रयास गरेको भन्दै नेपालले अपनाउँदै आएको धर्म निरपेक्षताविरुद्ध नबोल्न चेतावनी पनि दिनुभएको छ ।

    यस्तो छ वक्तव्य

    “अमेरिकाकी दक्षिण एसिया तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्रीले त्यहाँको संसदीय उपसमितिमा दिएको एउटा बयान प्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । उनले आफ्नो बयानमा नेपालमा चीनको प्रभाव बढेको, तिब्बती बौद्ध मार्गीहरूका विभिन्न गतिविधिहरूमा रोक लगाएको, धार्मिक अल्पसङ्ख्यक समुदाय जोखिममा परेको आदि आरोपहरू लगाएकी छन् । उनको त्यस प्रकारको भनाइ वास्तवमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो र त्यसलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दछ ।हाम्रो पार्टीले पहिले नै स्पष्ट गरिसकेको छ किः चीन वा कुनै देशसित कुन प्रकारको सम्बन्ध राख्ने ? त्यो नेपालको आन्तरिक विषय हो । त्यसमाथि हस्तक्षेप गर्ने कुनै पनि देशलाई अधिकार छैन ।

    चीनको पार्टी वा त्यहाँको सरकारका नीतिहरूसित हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक वा राजनीतिक मतभेदहरू छन् । त्यहाँको पार्टीको माक्र्सवादी–लेनिनवादी सिद्धान्त तथा समाजवादबाट विचलन भैसकेको छ र अब त्यो साम्राज्यवादी देश भैसकेको छ । तैपनि नेपालको भूराजनीतिक स्थितिमाथि ध्यान दिएर चीनसितको मैत्री सम्बन्धलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ र त्यसलाई अरू बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    तर, अमेरिका, भारत सहित सबै साम्राज्यवादी देशहरूले त्यस प्रकारको सम्बन्धमा सकेसम्म बाधा हाल्ने नीति अपनाउँदै आएका छन् । त्यस प्रकारको नीति नेपालको हितभन्दा साम्राज्यवादी स्वार्थहरूद्वारा नै निर्देशित छन् । उनीहरूको त्यस प्रकारको साम्राज्यवादी दृष्टिकोणका कारणले नै चीनका राष्ट्रपतिको नेपालको भ्रमण र दुवै देशको सम्बन्धमा भएको विस्तार प्रति उनीहरू असन्तुष्ट र क्षुब्ध बन्न पुगेका छन् । उनीहरूले नेपाललाई पूरै आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । उनीहरूको त्यस प्रकारको नीतिलाई हाम्रो पार्टीले कडा शब्दमा भत्सर्ना गर्दछ ।हालै अमेरिकी सहायक उपविदेशमन्त्रीले प्रकट गरेको विचारले पनि अमेरिकी साम्राज्यवादको नेपाल प्रतिको साम्राज्यवादी नीतिलाई नाङ्गो रूपले बाहिर ल्याएको छ ।

    नेपालमा बस्ने जुन तिब्बती बौद्ध मार्गीहरूको कुरा गरिएको छ, उनीहरू विशुद्ध बौद्धमार्गी नभएर तिब्बतमा दलाई लामाको सत्ताको पुनस्र्थापना गर्नको लागि क्रियाशील तत्वहरू हुन् । दलाई लामा वा उनका अनुयायीहरूले बौद्ध धर्मलाई प्रतिगामी उद्देश्यको पूर्तिका लागि हतियार बनाएका छन् । उनीहरूका गतिविधिहरू नेपालको सार्वभौमिकतामा खलल पार्ने प्रकारका पनि रहने गरेका छन् । त्यो अवस्थामा उनीहरूमाथि नियन्त्रण गर्ने सरकारको नीतिलाई कुनै पनि अवस्थामा गलत भन्न सकिन्न ।नेपालमा अल्पसङ्ख्यकहरूको धार्मिक स्वतन्त्रतामा नियन्त्रण गर्न थालिएको भन्ने आरोपका पछाडि अन्तर्निहित गम्भीर प्रकारको षडयन्त्रमाथि पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    उनको त्यो भनाइको उद्देश्य नेपालमा इसाई धर्मको प्रचारलाई पूरा स्वतन्त्रता मिल्नुपर्छ भन्ने हो । अन्य कुनै धर्म जस्तै इसाई धर्मावलम्बीहरूलाई पनि धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने सोचाइलाई हामीले विरोध गर्दैनौँ । तर, साम्राज्यवादीहरूले संसारका अन्य देशहरूमा झै नेपालमा पनि आफ्नो साम्राज्यवादी प्रभावको विस्तारका लागि इसाई धर्मलाई हतियार बनाउने गरेका छन् । नेपालमा इसाई धर्मको जुन व्यापक प्रचार भइरहेको छ वा नेपालका ग्रामीण र दूरवर्ती स्थाहरूमा पनि ठूलो सङ्ख्यामा गिर्जाघरहरू बनेका छन्, त्यसका पछाडि धर्म माथिको आस्थालेभन्दा साम्राज्यवादीद्वारा वितरण गरिएको पैसा वा प्रलोभनहरूले नै बढी काम गरिरहेको छ भन्ने हाम्रो पार्टीको स्पष्ट मत छ ।

    त्यसैले साम्राज्यवादी स्वार्थ पूर्तिको लागि भइरहेको इसाई धर्मको प्रचार प्रसार माथिको भण्डाफोरमा जोड दिने निर्णय हाम्रो पार्टीको हालै सम्पन्न आठौँ महाधिवेशनले गरेको छ । त्यसरी इसाई धर्मको आडमा भइरहेको साम्राज्यवादी गतिविधिमाथि नियन्त्रणको लागि सरकारले पनि ध्यान दिनुपर्छ भन्ने हाम्रो पार्टीको पनि मत रहेको छ ।

    सशस्त्र द्वन्द्वकालमा बर्दियाकी एकजना माओवादी युवतीमाथि सेनाले कुकुरद्वारा समेत बलात्कार गर्न लगाएको तथ्य दाङमा हालै सम्पन्न द्वन्द्वपीडित साझा चौतारीले आयोजना गरेको भेलामा एउटी पीडित महिलाले दिएको जानकारीबाट थाहा भएको छ ।  त्यो अत्यन्त असभ्य, बर्बर र अमानवीय कारवाही हो । त्यस प्रकारको कारवाहीको जति निन्दा गरे पनि कम हुनेछ ।हाम्रो पार्टीले शुरुदेखि नै यो कुरामा जोड दिंदै आएको छ कि सशस्त्र द्वन्द्वकालमा सत्तापक्ष वा माओवादी पक्षद्वारा गरिएका सबै अपराधजन्य र अमानवीय कार्यहरूको छानबिन भएर दोषीलाई अपराधअनुसार सजाय हुनुपर्छ । द्वन्द्वकालमा ती दुवै पक्षहरूद्वारा सशस्त्र भिडन्तको क्रममा भएका हिंसात्मक घटनाहरूका लागि शान्ति सम्झौतापछि कुनै कारवाहीको आवश्यकता हुँदैन । तर, शान्ति सम्झौताका नाममा निर्दोष जनतामाथि हुने सबै अमानवीय वा अपराधजन्य कारवाहीहरू स्वतः क्षम्य हुँदैनन् र तिनीहरूबारे आवश्यक छानवीन गरेर वा मुद्दा चलाएर अपराधको प्रकृतिअनुसार दोषीमाथि कारवाही हुनुपर्दछ ।

    त्यस प्रकारका अपराधजन्य कारवाहीहरूलाई कुनै पनि अवस्थामा राजनीतिक मान्न सकिन्न र शान्ति सम्झौताका कारणले तिनीहरूलाई मिनाहा दिने कुनै पनि प्रयत्नलाई समर्थन गर्न सकिन्न । सशस्त्रद्वन्द्व समाप्त भएको वा शान्ति सम्झौता भएको यति लामो समय बित्दा पनि त्यसरी पीडित व्यक्तिहरूमाथि न्यायोचित कारवाही हुन नसक्नु धेरै नै दुःख र क्षोभको पनि कुरा हो ।पीडित महिलाले पर्दाका पछाडिबाट आफूमाथि जघन्य अपराध भएको जुन बयान दिएकी छन् । त्यस सन्दर्भमा उनीसित जोडिएको अर्को एउटा महत्वपूर्ण र मानवीय पक्ष पनि हाम्रा अगाडि आएको छ । थाहा भएअनुसार ती महिलाको विवाह भएको छ र उनीहरूको एउटा बच्चा पनि पैदा भएको छ । जुन पुरुषले त्यसरी बलात्कृत महिलासित विवाह गरे, उनलाई हामीले धन्यवाद दिन्छौँ र प्रशंसा पनि गर्दछौँ । कुनै महिला बलात्कृत हुन्छिन् भने त्यो उनको अपराध हुँदैन र आफूले नगरेको ‘अपराध’का लागि पीडित महिला जीवनभरि नै समाजबाट बहिष्कृत पीडित र प्रताडित हुनुपर्दछ ।

    समाजको त्यस प्रकारको दृष्टिकोणलाई मैले पहिले आफ्नो एउटा लेखमा आलोचना गरेको छु । जेहोस्, त्यस प्रकारको कुकुरद्वारा समेत बलात्कृत महिलालाई जुन पुरुषले विवाह गरे, उनलाई हामीले सम्मान गर्नु पर्दछ । हामीले ती पिडीत महिलालाई पनि यो सल्लाह दिन चाहन्छौँ कि उनीमाथि भएको पाशविक बलात्कारका कारणले उनले आफूलाई अपमानित ठान्नुपर्ने वा हीन भावनाले ग्रसित हुनुपर्ने आवश्यकता छैन ।

    उनले उच्च प्रकारको आत्मसम्मान वा स्वाभिमानका साथ जीवनमा अगाडि बढ्ने साहस गर्नुुपर्दछ । उनले एउटा क्रान्तिकारी उद्देश्यको लागिआफूलाई समर्पित गरेकी थिइन्, त्यो उद्देश्यलाई अगाडि राखेर अहिलेको अन्यायपूर्ण सामाजिक व्यवस्थामा परिवर्तनको लागि उनले आफ्नो सङ्घर्षलाई जारी राख्नु पर्दछ । त्यसरी नै उनको जीवन सार्थक हुनेछ । यो पनि थाहा भएको छ, उनीमाथि भएको बलात्कार र पाशविक अत्याचारका कारणले उनको पाठेघर च्यातिएको थियो र त्यसबाट पैदा भएको बच्चामा केही गम्भीर प्रकारको शारीरिक कमजोरी देखा परेको छ । त्यसप्रति पनि हामीलाई दुःख छ । जेहोस्, हामीले उनीहरूको सुखी जीवन र बच्चाको समेत दीर्घायुको कामना गर्दछौँ ।”

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.