शंकरप्रसाद पोख्रेल, गुल्मी ।
धुर्कोट गाउँपालिकाको जनज्योति आधरभुत विद्यालयको ३८ औं वार्सिकोत्सब सम्पन्न भएको छ। विद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक मित्रबहादुर थापा तथा स्वागत मन्तब्य प्रधानध्यापक डिलबहादुर जिसीले गर्नुभएको थियो ।
Advertisement
कार्यक्रममा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्री, ३ नं वडाका अध्यक्ष बिष्णुबहादुर थापा श्रीस, अभिभावकहरु पदम बिष्ट, बाबुराम थापा, मरिचमान कुँवर लगायतले शुभकामना दिनुभएको थियो । शिक्षिकाहरुले स्वागत गीतबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयस्तरीय अन्तरसदनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
