• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

गैंडाकोटमा फाइनप्रिन्ट फिभर : विनोद चौधरीदेखि राजेश हमालसम्म सहभागी


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फाइनप्रिन्ट फिभर सुरु भएको छ । शुक्रबार सुरु भएको फिभरको पहिलो दिन पाँच ओटा सत्र सञ्चालन भए ।

    Advertisement

    पहिलो सत्र थियो, ‘किताब : मेरो मनको साथी’ । यो सत्रमा महानायक राजेश हमालले पुस्तकबारेका आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवम् लगावबारे चर्चा गरे । सर्वसाधारणमाझ अध्ययनशील अभिनेताका रूपमा चिनिएका उनले फिभरका अवसरमा किताब पढ्ने बानी आफूमा कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाए ।

    यसैगरी अर्काे सत्र रह्यो, ‘अर्थनीति र राजनीति’ । यो सत्रमा उद्यमी विनोद चौधरीसँग उमेश चौहानले संवाद गरे । यो सत्रमा उद्यमी चौधरीले आफूले जीवनमा गरिरहेको राजनीति र आर्थिक समृद्धिका लागि गरिरहेका कामबारे चर्चा गरे ।

    उक्त अवसरमा उद्योगी चौधरीले आफू समाज परिवर्तनमा योगदान पु-याउनका लागि राजनीतिमा होमिएको बताए । आफू व्यवस्थापकीय पाटोमा अब्बल भएको र त्यही आवश्यकता आजको राजनीतिमा देखेर आफू राजनीतितर्फ आकर्षित भएको उनको भनाइ छ । भने, ‘मैले उद्योगीका हैसियत शाश्वतधाम बनाएँ । उद्योगग्राम बनाएँ तर कल्पिएको नेपाल बनाउन सकिनँ । अब गर्नुपर्छ भनेर राजनीतिमा लागेको हुँ ।’ निजी संस्थामार्फत समाज परिवर्तनमा योगदान पु-याउन नसक्ने भएकै कारण राजनीतिक बाटो अपनाएको उनको दाबी छ ।

    स्रोत र अर्थ व्यवस्थापनमा कुशल मानिस राजनीतिमा लागे विकास सम्भव भएको चौधरीले बताए । उद्योगी, उपभोक्ता एवम् राजनीतिज्ञ भएर हेर्दा देश विकास धेरै गाह्रो काम नभएको उनको कथन छ । नीतिगत सुधार र त्यसको व्यवहारिक कार्यान्वयन गर्न सके देशमा हरेक मानिस व्यवसायी बन्न सक्ने उनको भनाइ छ । भने, ‘सबैले चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने होइन तर सानो लगानीमा राम्रो काम गर्न सकिन्छ ।’

    यसपछिको सत्र ‘सेतो धरतीको एक दशक’मा लेखक अमर न्यौपानेले बोले । यो सत्रमा लेखक न्यौपानेले सेतो धरती पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया आयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पा-यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राखे । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करणको लोकार्पणसमेत गरियो । लेखक न्यौपानेले पुस्तकको रचना सन्दर्भको प्रसंग कोट्याए ।

    ‘२०६७ कोजाग्रत पूर्णिमाको दिन पानीको घामले पद्मश्री पुरस्कार पाएको थियो । त्यो दिन देवघाटमा घुम्न जाँदा मनमा प्रश्न आयो, बालबालिकाको ठूलो हुने समय हुन्छ, युवालाई अगाडि बढ्ने योजना हुन्छ । बूढाबूढीको के हुन्छ ? मलाई लाग्यो, मैले यो प्रश्नको उत्तर लेख्नुपर्छ ।’

    अमरलाई आफूलाई युवा हुँदैहुँदै बुढ्यौँली जीवन बिताउन मन लाग्यो र उनले वृद्धाश्रम घुम्न थाले ।

    ‘लामो समय देवघाट अनि पशुपतिको वृद्धाश्रम घुमें, त्यही क्रममा धेरै धेरै घटना भए, जसले मलाई यसलाई कथा होइन, उपन्यास नै लेख्न प्रेरित ग-यो,’ उनले भने, ‘एक जना आमालाई मैले पछ्याए, उहाँलाई कोही भेट्न आउँछन् त भनेर सोधें । उहाँले उत्तर दिनुभयो— बाटो बिर्सेको भए पो सोध्दै आउँथे, बाटो चिनेका त किन आउँथे ।’ गाउँ वृद्ध आश्रम भएको छ । किताबले भन्दा जीवनले धेरै बोल्छ । धेरै घटनाले मलाई पुस्तक लेख्न प्रेरणा दिएको छ ।’

    पुस्तकको सार्वजनिक कार्यक्रममा उनले सेतो धरती अंग्रेजीमा प्रकाशन हुन लागेको बताए । यस पुस्तकलाई लेखक निरञ्जन कुँवरले अनुवाद गरेका छन् ।

    यससँगै फिभरका अवसरमा अर्काे सत्र रह्यो, ‘कविताको क’ । यो सत्रमा कवि असीम सागरको विभिन्न कविता वाचन गरे । साथै कविता लेखनका सन्दर्भबारे पनि आफ्ना धारणा राखे । फिभरको अन्तिम सत्र थियो, सांगीतिक प्रस्तुतिको । यो सत्रमा अनिल शाही र उनको समूहले नेपालको मौलिक सांगीतिक कला प्रस्तुत गरे ।

    फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति छ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन भइरहेका छन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गरेका छन् नै, सँगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गरिरहेका छन् ।

    कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम जारी छन्, विशेष छुटमा पुस्तक प्रदर्शनी भइरहेको छ । र अन्य रचनात्मक कार्यक्रम पनि भइरहेका छन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा भइरहेकको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्छैन । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको छ । निःशुल्क सटल बस बिहान १० बजेदेखि प्रत्येक एकएक घण्टामा सिजी ल्यान्डमार्क र कावासोतीबाट छुटिरहेका छन् ।

    कहाँ हुँदै छ कार्यक्रम ?
    चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।

    कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।

    यही कल्चरल भिलेजको औपचारिक उद्घाटन पनि शुक्रबार नै एक विशेष कार्यक्रममार्फत गरिएको छ ।

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.