तिलक थापा, बागलुङ ।
आगामी चैत २० र २१ गते सम्पन्न हुन गईरहेको अखिल (छैठौं) बागलुङको २४ औं जिल्ला सम्मेलनलाई सफल पार्न जिल्ला व्यपिरुपमा संगठनात्म गतिबिधीलाई (छैठौं) ले तिब्रता दिएको छ ।
Advertisement
बरेङ गाउँपालिका वडा नं ३ बाटाकाचौर स्थित शारदा माविमा आज (बुधबार) अखिल (छैठौं) को ईकाई प्रशिक्षण भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अखिल (छैठौं) बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले अनिल आलेको अध्यक्षतामा ३९ सदस्यीय अखिल (छैठौं) शारदा मावि ईकाई समिति चयन गरेको छ ।
जसको उपाध्यक्ष सोभा खत्री, सचीव मञ्जु क्षेत्री, सह सचिव संगीत क्षेत्री र कोषाध्यक्षमा नबिन सार्की रहनु भएको छ भने अन्य ३४ जना सदस्य रहनु भएको छ ।