काठमाडौं । २० वर्षको युवा अवस्थामा आफ्नै बुवाको हत्या गरी फरार एक व्यक्ति ४० वर्ष हुँदा पक्राउ परेका छन् ।
Advertisement
काभ्रेपलाञ्चोकको साविक स्यामपाटी गाविस–६, हाल नमोबुद्ध नगरपालिका– ११ बिमिरे गाँउका रनकाजी भन्ने रनबहादुर तामाङलाई २० वर्षअघि आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
तामाङले २०५७ साल चैत २९ गते बाबु धमैसिंह तामाङको हत्या गरी फरार रहँदै आएका थिए । बुवाको हत्या गरी वैदेसिक रोजगारीका लागि कुवेत गएका तामाङलाई घर आएको मौकामा प्रहरीले पक्राउ गरेको हो ।