दिनेश रैदास, दाङ ।
जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण अभियान सञ्चालन गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङले राजपुर गाउँपालिकामा प्रशिक्षणसहित भेला सम्पन्न गरेको छ । गाउँपालिका वार्ड नं ५ जङ्रहावामा सम्पन्न भेलाले संगीता विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा निशान भण्डारी, सचिव कल्पना बुढा मगर, सहसचिव सरस्वती चौधरी, कोषाध्यक्ष सुरज भण्डारी र सदस्यहरुमा अमृता वली, प्रमिला कुमारी यादव, मुना घर्ती, सरिस्मा भण्डारी, काजल भण्डारी, अञ्जली चौधरी, अनिसा भण्डारी, पार्वती भण्डारी, सञ्जिता चौधरी, रुमा चौधरी र मिना चौधरी चयन हुनु भएको छ । हाल दुई स्थान रिक्त राखिएको छ।
त्यसैगरी सल्लाहकारमा खगीकुमारी श्रेष्ठ, करिना यादव, शुनिल विश्वकर्मा, गोरी हमाल, कल्पना पुन रहनु भएको छ ।
संगीता विश्वकर्माको अध्यक्षता, दिनेश रैदासको सञ्चालन र सरस्वती चौधरीको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो । विद्यार्थीहरुलाई नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका सभासद तथा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष दाङ जिल्ला अध्यक्ष महेश रिजालले प्रशिक्षण दिनु भएको थियो।
भेलामा निशान भण्डारी, सुरज भण्डारी, कल्पना बुढा मगर लगायतले मन्तव्य राख्नु भएको थियो ।