• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

केपी ओली निरंकुशताउन्मुख दिशामा : जनकराज शर्मा (तस्बिर/भिडियो)


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले केपी शर्मा ओली निरङ्कुशताउन्मुख दिशामा अघि बढेको आशङ्का व्यक्त गर्नुभएको छ ।

    Advertisement

    राजमो काठमाडौँको आयोजनामा २०७७ माघ १७ गते कलङ्कीमा आयोजित विरोधसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो आशङ्का व्यक्त गर्नुभएको हो ।

    जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो– ‘केपी ओलीको अधिनायकवादी कार्यशैलीको आधारमा विचार गर्दा उनी निरङ्कुशतातर्फ उन्मुख भएको आशङ्का बढेको छ ।’

    महासचिव शर्माले २०७२ सालको नाकाबन्दीताका केपी ओलीले त्यसका विरुद्ध लिएको अडान र चीनसित गरिएको पारवहन सम्झौताले गर्दा नेपाली जनताले उनको नेतृत्वको सरकारलाई बहुमत दिएको दावी गर्नुभयो ।

    ‘तर ओली सरकारको करिब तीन वर्षको शासनकालले उनको नाकाबन्दीताकाको त्यो अडानलाई निरन्तरता दिँदैन’ उहाँले भन्नुभयो– ‘करिब दुईतिहाइ बहुमतसहितको नेतृत्वको आधारमा ओली सरकारले केही प्रगतिशील काम गर्ला भन्ने आसा थियो, तर जनताको त्यो आसा निरासामा बदलिएको छ ।’

    उहाँले अहिलेको गणतन्त्र २०६२–६३ को जनआन्दोलनको महान् उपलब्धि भएको बताउनुभयो ।

    ‘हामी यस मामिलामा प्रष्ट छौँ, यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुने छैन’ उहाँले भन्नुभयो– ‘फेरि पनि यो व्यवस्था गतकालको निरङ्कुश राजतन्त्रको तुलनामा प्रगतिशील व्यवस्था हो; त्यसकारण यो उपलब्धिको रक्षा गर्नुपर्नेमा हामी दृढ छौँ ।’

    उहाँले पटक–पटक आन्दोलनमा जानुपरेकोमा नेपाली जनता वाक्कदिक्क भइसकेको पनि बताउनुभयो ।

    ‘तर के गर्नुहुन्छ ?’ जनभावनाको लेखाजोखा गर्दै शर्माले अगाडि भन्नुभयो– “जनान्दोलनबाट प्राप्त उपलब्धि त्यसपछिका सत्तासिन दलहरूले संस्थागत गर्न नसकेकै कारण फेरि पनि अहिले आन्दोलनमा जानुपर्ने आवश्यकता भएको छ ।’

    उहाँले फेरि एक पटक पछिल्लो जनान्दोलनको उपलब्धि गुम्न थालेकाले प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलनमा जुट्न जनतासित आग्रह गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले नेपालमा सङ्घीय व्यवस्थाअन्तर्गत भौतिक विकास निर्माणको काम सम्भव हुन नसक्ने दावी गर्नुभयो ।

    ‘सात वटा प्रदेशका र एउटा केन्द्रका गरी आठ वटा सरकारलाई कसरी पाल्ने ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो– ‘करवृद्धि गरेर भए पनि उठाएको भएभरको राष्ट्रिय आय प्रशासनिक खर्चमै सिद्धिएपछि भौतिक विकास निर्माणका लागि बजेट बच्दै बच्दैन; अनि, कसरी भौतिक विकास निर्माण गर्ने ?’

    ‘त्यसमाथि सङ्घीयताले जातीय, क्षेत्रीय र धार्मिक विग्रह ल्याउन थालेको छ । त्यसैले सङ्घीयतालाई तत्कालै खारेज गरिनुपर्दछ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले दुईतिहाइ बहुमतप्राप्त सत्तारूढ दल नेकपाभित्रै सत्तापक्ष र प्रतिपक्ष देखिएकाले अहिलेको राजनीतिक सङ्कट आइपरेको बताउनुभयो ।

    ‘देश र जनताको समस्या कसरी समाधान गर्ने भनेर होइन, आन्तरिक खिचलोकै कारण देखाएर जननिर्वाचित प्रतिनिधि सभा विघटन गरियो’ पुनले भन्नुभयो ।

    नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहले गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको जनादेश भएकाले त्यसको रक्षा गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    २०६२–६३ सालको आन्दोलन र गत २०७४ सालको निर्वाचनको जनादेशले गणतन्त्र र धर्म निरपेक्षतालाई अनुमोदनसमेत गरेको बताउँदै उहाँले भन्नुभयो– ‘केपी ओली सरकारले जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि कुठाराघात गरेको छ ।’

    उहाँले पनि तत्कालै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमो काठमाडौँका सल्लाहकार लक्ष्मणदेव पाण्डेको सञ्चालन तथा राजमो चन्द्रागिरी नगरपालिका समितिका अध्यक्ष मोहन जिसीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो चन्द्रागिरीका रोसन दानीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले “मधेसी–पहाडी” र “तलमा पर्यो” शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.