• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महरालाई तीन दिन हिरासतमा राख्न अदालतको आदेश


  •   मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
  • काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।बलात्कार प्रयास आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको थुनछेक बहसपछि म्यादथपका लागि मंगलबार महरालाई काठमाडौं जिल्ला अदालत पेस गरिएको हो।

    Advertisement

    सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए ।उता महराको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने बन्दी प्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी थुनामा राखिएको भन्दै म्यादथप गर्न नहुने बहस गरेका थिए ।तर प्रहरीले महरालाई २० दिन म्याद थप्न माग गरेको थियो ।

    न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको स्रोतले जनाएको छ।उनलाई यही असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए।

    तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए। मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको छ।

    काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार महराको तर्फबाट उनका वकिलहरुले बलात्कार आरोपको पुष्टि नभएकोले म्याद थप गर्न नहुने जिकिर गरेका थिए। तर, न्यायाधीश दाहालको एकल इजलासले प्रहरीले संकलन गरेको प्रमाणका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले म्यादथप गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

    महरामाथि संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ। यही असोज १२ गते राति रोशनीकै कोठामा गएर बलात्कार प्रयास गरेको भन्दै शाहीले एक अनलाइनलाई भिडियो अन्तर्वार्ता दिएपछि घटना सार्वजनिक भएको थियो।

    पुनः शाही दम्पतीले महानगरीय प्रहरी प्रभाग बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै महराविरुद्ध उजुरी दिएको थियो। तर घटना भएको भोलिपल्ट भने शाहीले महराले आफूमाथि यौन दुराचार नै गरेको बताएकी थिइन्।

    सोही उजुरीका आधारमा महरा प्रहरी हिरासत पुगेका हुन्। महरामाथि आरोप लागेपछि नेकपाका नेताहरुले उनलाई सभामुख पदबाट हट्न र अनुसन्धानमा सघाउन भनेका थिए। त्यसलगत्तै उनले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई आफ्नो ‘शर्त’सहितको राजीनामा दिएका थिए। उपसभामुखले उक्त राजीनामाको भाषा नमिलेको भन्दै अस्वीकार गरेपछि दोस्रोपटक भाषा मिलाएर महराले पदबाट राजीनमा दिएका थिए। प्रहरीले पक्राउ गरेपछि उनी सांसद पदबाट पनि निलम्बनमा परेका छन् ।

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.