काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्यागेका क्रिकेटर पारस खड्काले आफ्नो निर्णय आकस्मिक नभएको र पुनर्विचार पनि नहुने बताएका छन् । राष्ट्रिय टिमको कप्तानी त्याग्ने उनको निर्णय पुनर्विचार गर्न धेरै सुभेच्छुकहरुले गरेको आग्रहलाई पारसले अस्विकार गर्दै अब नयाँ कप्तान आउनुपर्ने बताए ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले लामो समयदेखि क्यान निलम्बन फुकुवा होस् भन्ने चाहेको बताउँदै पासरले क्यानले नयाँ अभिभावक पाएका कारण पनि आफूलाई कप्तानीबाट पछि हट्नुपर्ने लागेको बताए ।सोमबार मात्रै आईसीसीले नेपाल राष्ट्रिय क्रिकेट (क्यान) को निलम्बन फुकुवा गरेको थियो ।खड्काले भने, ‘क्यानले नयाँ अभिभावक पाएको छ, अब कप्तान पनि नयाँ हुनुपर्छ ।’
लामो समयदेखि क्यान निलम्बन फुकुवा होस् भन्ने चाहेको बताउँदै पासरले क्यानले नयाँ अभिभावक पाएका कारण पनि आफूलाई कप्तानीबाट पछि हट्नुपर्ने लागेको बताए ।
पारस सन् २००९ मा नेपाली क्रिकेट टोलीका कप्तान बनेका थिए । उनका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आफूले गर्दा अगाडि बढेको होइन्। खेलाडी, प्रशिक्षक र सरोकारवालाकै सहकार्यबाट नेपाल यो अवस्थामा आएको उनको धारणा रहेको छ ।
उनले आफ्नो कप्तानीको दौरान नेपाली खेल समर्थक, खेलाडी तथा प्रशिक्षकबाट उल्लेखनीय सहयोग पाएकोमा भाग्यमानी महशुस गरेको बताए । उनले अब नेपालमा कप्तान जो बने पनि जित नेपालको हुनुपर्ने बताउँदै सरोकारवालाले क्रिकेटलाई सहयोग गर्नुपर्ने बताए ।उनले कप्तानी छाडेपनि क्रिकेट नछाडेको बताए । खड्काले आफूले अझै राष्ट्रिय टालीबाट खेल्ने बताए ।