• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमो काठमाडौंले तय गर्‍यो संघर्षका कार्यक्रम


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा, काठमाडौंले माघ महिनाभरिका लागि संघर्षका कार्यक्रम तय गरेको छ । शनिबार कपनस्थित केन्द्रीय कार्यालयमा भएको भेलाले प्रतिनिधिसभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षाको मागसहित संघर्षका कार्यक्रम तय गरेको हो ।

    Advertisement

    घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि मसान्तसम्म राजधानीका मुख्य आठवटा स्थानमा जनसभा गरिनेछ भने नगर र वडास्तरमा कोणसभा, पर्चा वितरण, जनभेटघाट लगायतका कार्यक्रम गरिनेछ ।

    माघ ३ गते गोंगबुस्थित बिजीमलबाट कार्यक्रमको उद्घाटन गरिनेछ । यस्तै, ६ गते सामाखुशी, १० गते बसुन्धरा, १६ गते नयाँ बसपार्क, १७ गते कलंकी, २४ गते चाबहिल, २७ गते कोटेश्वर र ३० गते जुलुशसहित रत्नपार्कस्थित शान्तिवाटिकामा जनसभा गरी माघ महिनाको संघर्षका कार्यक्रम समापन गरिनेछ । ती सबै कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्नेछन् ।

    यसबाहेक विभिन्न नगर र वडास्तरमा कार्यक्रम गरिने तथा विभिन्न जनवर्गीय संगठनहरुको आयोजनामा पनि बेग्लाबेग्लै कार्यक्रम हुने राजमो काठमाडौंले जनाएको छ ।

    यो पनिः  प्रतिक्रियावादी र उग्रवामपन्थीहरु अन्ततः एकै ठाउँमा मिल्न जान्छन् : सिंह

    राजमोले प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्ने अन्य राजनीतिक शक्तिहरुसँग पनि संयुक्त आन्दोलनको पहल गर्ने एवम् अन्य दल तथा संघ संस्थाले आयोजना गरेका कार्यक्रमप्रति ऐक्यवद्धता जनाउने नेता आनन्द शर्माले बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता शर्माले भन्नुभयो, ‘हाम्रो पार्टीले अन्य राजनीतिक शक्तिहरुसँग मिलेर पनि संयुक्त कार्यक्रम बनाउने पहल गरिरहेको छ । त्यसो हुन नसकेपनि हामीले एकल कार्यक्रम गर्दै अरु संगठनका कार्यक्रमप्रति समर्थन गर्नेछौं ।’
    उहाँले प्रतिनिधिसभा विघटन विरुद्ध संघर्षमा जोड दिँदै यसअघि तय भएका संघीयताको खारेजी, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा भ्रष्टाचारविरुद्धको संघर्षका कार्यक्रमलाई पनि निरन्तरता दिइने बताउनुभयो ।

    राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत गर्नुभएको थियो भने सञ्चालन अभिवक्ता लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रशिक्षण दिनुभएको थियो ।

    भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र घनश्याम न्यौपाने, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसी, अखिल नेपाल बुद्धिजीवी संघका महासचिव भरतमणी भण्डारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा, प्रगतिशील लेखक संघका महासचिव एवम् नेकपा (मसाल) वागमती प्रदेश प्रवक्ता समीर सिंह, काठमाडौं जिल्ला प्रवक्ता जगत रेग्मी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य एवम् युगदर्शनका सम्पादक विद्यानाथ अधिकारी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.