कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) शिवराज नगर समितिको बैठकसहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
नगर अध्यक्ष सञ्जीला बुढा मगरको अध्यक्षता र जिल्ला सचिवालय सदस्य टिना अदैको उपस्थितिमा सम्पन्न बैठकले गाउँमा अखिल (छैठौं) को समिति गठन गर्ने, सदस्यता वितरण गर्ने, माघ दोस्रो हप्ता हाजिरी जवाफ प्रतियोगिता गर्ने, फागुनमा नगर भेला गर्ने निर्णय गरेको छ ।
बैठक पछि अनुशासनको बारे सचिवालय सदस्य टिना अदै र मानव सभ्यताको विकासबारे राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाका तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले प्रशिक्षण दिनु भएको थियो ।