• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

चीनको साम्राज्यवादी स्वरुपलाई विरोध गर्दै राष्ट्रपति सीलाई स्वागतः मसाल


  •   शनिबार, असोज २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले चिनियाँ राष्ट्रपति सी जिनपङिको नेपाल भ्रमणले सकारात्मक महत्व राख्ने बताएको छ । शनिबार अपरान्ह नेपाल आइपुगेका राष्ट्रपति सीको स्वागत गर्दै मसालले चीनसितको मैत्री सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्ने बताएको हो ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शनिबार वत्तलव्य प्रकाशित गरी चीनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी संशोधनवादी दिशा र त्यसको साम्राज्यवादी स्वरूपको विरोधको नीतिलाई सुरक्षित राख्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धको विस्तारको नीतिमाथि जोड दिएको बताउनुभएको छ ।

    यस्तो छ, वक्तव्यः

    “ चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेकपा (मसाल)ले हार्दिक स्वागत गर्दछ ।

    चीनको कम्युनिष्ट पार्टीले दक्षिणपन्थी संशोधनवादी दिशा लिइसकेको छ र चीन अब साम्राज्यवादी देश भइसकेको छ । तैपनि एकातिर, नेपालको भूराजनीतिक स्थिति र अर्कातिर, भारतीय साम्राज्यवादद्वारा नेपालमाथि लगातारको हस्तक्षेप तथा त्यो कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पुगिरहेको गम्भीर प्रकारको खतराको पृष्ठभूमिमा चीनसितको मैत्री सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो निश्चित मत छ ।

    चीनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी संशोधनवादी दिशा र त्यसको साम्राज्यवादी स्वरूपको विरोधको नीतिलाई सुरक्षित राख्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धको विस्तारको नीतिमाथि हाम्रो पार्टीले जोड दिंदै आएको छ ।

    त्यसैले चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।
    माक्र्सवादी–लेनिनवादी सिद्धान्तले प्रतिक्रियावादी वा दुश्मन शक्तिहरूलाई सधैँ एउटै श्रेणीमा राखेर हेर्ने गर्दैन र परिस्थिति वा उनीहरूका नीति वा भूमिकामा देखापर्ने अन्तर अनुसार उनीहरूप्रति बेग्लाबेग्लै नीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।सोभियत सङ्घमा फासिस्ट हमलाका बेलामा स्तालिनले अमेरिकी, ब्रिटिश वा फ्रेञ्च साम्राज्यवादप्रति तथा माओले जापानी हमलाका सन्दर्भमा च्याङकाईसेकसित अपनाएका एकताका नीतिहरूले त्यही कुरा बताउँछन् ।

    नेपालमा पनि हाम्रो पार्टीले बेग्लाबेग्लै परिस्थितिमा बेग्लाबेग्लै प्रतिक्रियावादी शक्तिहरूले अपनाउने बेग्लाबेग्लै नीतिहरूका सन्दर्भमा उनीहरूप्रति बेग्लाबेग्लै नीतिहरू अपनाउने गरेको छ ।

    तात्कालीक राजा महेन्द्रको कोदारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग निर्माणका कार्यहरूलाई समर्थन, महाकाली सन्धीका विरुद्धको सङ्घर्षमा राप्रपासित सहकार्य, २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्धको सङ्घर्षमा नेका समेतसित कोआर्डिनेशन, २०६२–६३ को आन्दोलनमा मधेशवादीहरू समेतसित सहकार्य आदिले हाम्रो त्यही प्रकारको नीतिलाई बताउँछ । त्यस प्रकारको नीतिको अनुशरण गर्दै अहिले हामीले भारतीय साम्राज्यवाद र चिनियाँ साम्राज्यवाद प्रतिको नीतिमा केही अन्तर गरेका छौँ ।

    त्यस अनुसार चिनियाँ साम्राज्यवादसितको सम्बन्धले नेपालको राष्ट्रियता तथा विकास समेतका लागि बढी महत्व राख्दछ भने भारतीय साम्राज्यवादको नेपाल प्रतिको नीति अत्यन्त आपत्तिजनक रहँदै आएको छ ।

    ब्रिटिश शासनबाट अलग भएपछि भारतले नेपाललाई भारतीय सङ्घमा सामेल गर्ने नीति अपनाएको थियो । तत्कालीन भारतीय उपप्रधान र गृहमन्त्री सरदार पटेलको अभिव्यक्तिबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।

    तर त्यसपछि सात दशकसम्म पनि नेपालको स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्व कायम छ भने, त्यो नेपाली जनताको राष्ट्रियताप्रतिको उच्च प्रकारको सतर्कता र राष्ट्रिय आन्दोलन, अन्तर्राष्ट्रिय परिस्थितिका साथै उत्तरमा चीनको उपस्थितिले पनि महत्वपूर्ण काम गरेको छ ।

    तर नेपालको यो स्वतन्त्र अस्तित्व भारतका शासक वर्गहरूलाई कहिल्यै पनि सह्य रहेको थिएन र अहिले पनि छैन । खास गरेर सरदार पटेललाई आफ्नो आदर्श मान्ने मोदी सरकारको नेपाल प्रतिको उनको ९पटेलको० अधुरो सपना पूरा गर्नु अहिले पनि उनीहरूको रणनीतिक उद्देश्य रहेको छ ।

    उत्तरमा चीनको उपस्थितिले गर्दा नेपालमाथि सिधै र प्रत्यक्ष रूपले हमला गरेर नेपालमाथि कब्जा जमाउनु भारतका लागि सजिलो भएको छैन । तैपनि भारतले अन्य तरिकाद्वारा नेपालमा आफ्नो आधिपत्य कायम गर्न गत सात दशकदेखि नै लगातार र योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ ।

    त्यस प्रकारका तरिकाहरू मध्ये नेपालको राजनीति, प्रशासन, सुरक्षा, परराष्ट्रनीति, अर्थ, जलसम्पदा आदिमा अतिक्रमण बढाउँदै लैजाने, नेपालको संविधानलाई आफ्नो अनुकूल बनाउन दवाव दिने, ठूलो सङ्ख्यामा भारतीयहरूलाई नेपालको नागरिक बनाएर नेपालमा वास्तविक नेपालीहरूलाई नै अल्पसङ्ख्यक बनाउने र नेपालको संसदमा आफ्नो बहुमत गराउने, नेपालको तराईलाई नेपालबाट अलग गराउने र त्यसलाई भारतमा मिलाउने, नेपालको पारवहनलाई अवरुद्ध गरेर तेस्रो देशहरूसितको व्यापारमा बाधा पुर्यााउने आदि उल्लेखनीय छन् ।

    नेपाललाई आफ्ना नीतिहरू मान्नका लागि दवाव दिन भारतले नेपालका विरुद्ध बारम्बार नाकाबन्दी पनि लगाउने गरेको छ । त्यस प्रकारको नाकाबन्दीका विरुद्ध चीनसितको सम्बन्ध वा त्यससित पारवहन सम्बन्धको विकासले पनि हामीलाई धेरै मद्दत पुर्यानउन सक्छ । अर्काशब्दमा, भारतीय नाकाबन्दीका विरुद्ध चीनसित पारवहन सम्बन्धको विकास हाम्रो लागि ‘लाइफ लाइन’ (जीवन रेखा) सावित हुनसक्दछ ।

    भारतले यो कुरा राम्ररी बुझेको छ कि नेपालको चीनसितको सम्बन्धको विस्तार भयो वा सुदृढ भयो भने सामान्यतः त्यसका (भारतका) नेपाल प्रतिका हस्तक्षेप र अतिक्रमणका नीतिहरू तथा विशेषतः नाकाबन्दीका प्रयत्नहरू सफल हुन सक्ने छैनन् । त्यसैले भारतको नेपालको चीनसितको सम्बन्धको विस्तारमा सधैँ बाधा हाल्ने सुनियोजित प्रयत्न रहँदै आएको छ ।

    त्यसका लागि त्यसले नेपालका विभिन्न राजनीतिक पार्टी वा सरकारहरूमाथि दवाव दिंदै आएको छ र कतिपय अवस्थामा चीनसितको सम्बन्धको विस्तारका लागि पहल गरेकाले कैयौँ सरकारहरूलाई अपदस्थ गर्ने षडयन्त्र पनि गर्ने गरेको छ । त्यस प्रकारको खतरालाई मोलेर पनि ओली सरकारले चीनसितको सम्बन्धको विस्तार गर्न वा चिनियाँ राष्ट्रपतिलाई नेपालमा बोलाउन जुन पहलकदमी गरेको छ, त्यसलाई (ओली सरकारलाई) धन्यवाद दिन चाहन्छौँ ।

    चीनको राष्ट्रपतिको भ्रमणको बेलामा चीनले नेपाललाई के कति सहयोग गर्ने सम्झौताहरू हुन्छन् । तिनीहरूको आफ्नै महत्व ता छँदैछ, तर त्योभन्दा महत्वपूर्ण कुरा यो होः तिनीहरूलाई नेपाल सरकारले कतिसम्म र कहाँसम्म सफलतापूर्वक उपयोग गर्न सक्दछ ? वर्तमान सरकारको सम्पूर्ण चरित्र, कार्यशैली तथा अहिलेसम्मका सबै अनुभवहरूमाथि विचार गर्दा त्यसको (सरकारको) कार्यप्रणाली सन्तोषजनक रहने गरेको छैन । त्यही प्रकारले अहिले चीनबाट प्राप्त हुने सहयोगको पनि सही प्रकारले उपयोग हुने कुरामा आशंका नै छ ।

    नेकपा (नेकपा)ले चीनको पार्टीसित भाइचारा सम्बन्ध बढाउने निर्णय गरेको छ । नेकपा र चीनको पार्टी दुवै दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरू हुन् । त्यस कारण उनीहरूका बीचको सम्बन्धको विस्तारले सैद्धान्तिक दृष्टिकोणले कुनै अर्थ र महत्व राख्दैन । तैपनि उनीहरूका बीचको सम्बन्धको विकासले राजनीतिक रूपमा चीनसितको सम्बन्धको विस्तारमा जेजति मद्दत पुग्नेछ, त्यो स्वागत योग्य कुरा हुनेछ ।

    तर त्यस प्रकारको सम्बन्धको विकास सजिलो हुने छैन । किनभने, एकातिर, भारतीय साम्राज्यवाद र सबै साम्राज्यवादी देशहरू र, अर्कातिर, नेपालका पनि सबै प्रतिक्रियावादी र भारतपरस्त तत्वहरूले त्यस प्रकारको सम्बन्धको विकासमा बाधा पुर्या्उनको लागि सकेसम्म प्रयत्न गर्नेछन् । त्यो क्रममा स्वयं नेकपाभित्रको एउटा पक्ष पनि त्यस प्रकारको प्रभावमा परेर चीनसितको सम्बन्ध विस्तारको विरुद्ध उभिन पुग्यो भने, त्यो आश्चर्यको कुरा हुनेछैन ।

    तैपनि नेकपा र चीनको कम्युनिष्ट पार्टीका बीचमा सम्बन्धको विकासका लागि जुन प्रयत्न भएको छ, हामीले त्यसको सफलताको कामना गर्दछौँ । किनभने, त्यसबाट चीनसितको नेपालको सम्बन्धको विस्तारमा मद्दत पुग्नेछ र त्यो पुनः राष्ट्रिय हितमा हुनेछ भन्ने हामीले आशा गरेका छौँ ।

    नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धको विस्तारलेमाथि उल्लेख गरिए झै सैद्धान्तिक दृष्टिकोणले, अर्थात् क्रान्तिकारी सैद्धान्तिक दृष्टिकोणले, कुनै अर्थ र महत्व राख्दैन ।

    त्यसै गरेर त्यो सम्बन्धले नेपालको वा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पनि कुनै मद्दत नपुग्ने कुरा प्रष्ट छ । तैपनि नेकपाले चीनको पार्टीसितको भाइचारा सम्बन्धको विस्तारको क्रममा चीनको पार्टीबाट दुईवटा शिक्षा लिन विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

    प्रथम, चीनको पार्टी दक्षिणपन्थी संशोधनवादी भएपनि त्यसभित्रको उच्च प्रकारको अनुशासनको अभ्यास । द्वितीय, विकासको क्षेत्रमा उनीहरूले गरेको उल्लेखनीय प्रगति । ती दुवै कुराबाट नेकपाले केही शिक्षा लिने र तिनीहरूलाई कार्यान्वयन गर्ने प्रयत्न गरेमा त्यसबाट स्वयं उनीहरूको सङ्गठनलाई धेरै नै मद्दत पुग्नुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने छ ।”

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.