प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिमरुकमा प्रतिगमनको खतरा, भ्रष्टाचार, संघीयता खारेजी लगायतका विषयमा विरोध सभा आयोजना गरेको छ ।
राजमो झिमरुक गाउँपालिकाको आयोजनामा ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने मूल नारासहित विरोध सभा सम्पन्न भएको अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसीले जानकारी दिनुभएको छ ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले प्रमुख अतिथिको आसनवाट सम्बोधन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसि र अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव विरबहादुर जिसि, झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जिसि, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यद्वय टीका जिसि, सिताराम पोखरेल, जातीय समता समाजका जिल्ला सचिव अइन्द्र विक, अखिल नेपाल युवक संघका झिमरुक अध्यक्ष भरत ढकाल, नेपाल शिक्षक महासंघका झिमरुक अध्यक्ष कर्णबहादुर जिसि, जनजाती सम्मेलनका जिल्ला सदस्य प्रतिमान पुन लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाका अध्यक्ष सिद्दिमान जिसि, स्वागत राजमो झिमरुककी उपाध्यक्ष सकुन्तला जिसि तथा सञ्चालन अखिल (छैठौं) का जिल्ला अध्यक्ष चोपबहादुर विकले गर्नुभएको थियो ।