• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सत्ताधारी पार्टी र सरकारप्रति केसीको व्यंग्यः ‘जुन मया लाएनी उस्तै…’ (भिडियो)


  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलले जनताको अगाडि गाइजात्रा देखाएको आरोप लगाउनुभएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा रूपन्देही अन्तरगत तिलोत्तमाको नगर समतिले ड्राइभर टोलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले राजतन्त्रविरुद्ध जनताले लडेर ल्याएको गणतन्त्र सत्ताधारी दलकै कारण खतरामा परेको बताउनुभयो ।

    Advertisement

    दुई सय ३९ वर्ष सरकार प्रमुख र राष्ट्र प्रमुख भएर राज गरेको निरंकुश राजतन्त्र फालेर ल्याएको गणतन्त्रपछि जनताको छोरो प्रधानमन्त्री, राष्ट्रपति हुने व्यवस्था ल्याएका हौँ भन्दै केसीले दोष गणतन्त्रको नभइ जनताबाट निर्वाचित सरकारबाट खेलिएको भूमिकाको हो भन्नुभयो ।

    अध्यक्ष केसीले सत्ताधारी दल र सरकारका गतिविधिले जनतालाई ‘जुन माया लाए पनि उस्तै…’ उखान चरितार्थ भएको बताउनुभयो ।
    ‘जनताले विश्वास गरेर दुई तिहाइ दिएको सरकारमा नीति सिद्वान्तमा छलफल कहिल्यै नहुने, दुईवटा अध्यक्षको सल्लाहमा त्यत्रो पार्टी चल्नुपर्ने, यो जनतामाथिको विश्वासघात हो, जात्रा हो’ केसीले भन्नुभयो, ‘किसान, महिला तथा आम नेपाली जनताका आधारभुत समस्यामा, कोरोनाले दिन दिनै दर्जनौं जनता मरेका छन्, त्यो एजेन्डा बन्दैन । तैँले यति खाईस्, तेराले यति खाए मैले र मेराले खान पाएनन् यही झगडा भैरहेको छ ।’

    उहाँले जनताले चुनेकाले यो जात्रा गरे अब राजाले केही गर्छन कि भन्ने सोच्नु गलत भएको बताउनुभयो । अहिलेको सिमित गणतन्त्रसमेत जोगाउन नसके जनताको स्वतन्त्रता फेरि खोसिने उहाँको जिकिर थियो ।

    ‘हामीले लामो समय राजा बिरूद्द शान्तिपूर्ण बिरोध गर्दा जेलको चिसो खाएको अनुभव छ । कैयौँले गणतन्त्र गए के भो भन्ने गर्छन् ? प्रसव पीडा बेहोरेकोलाई थाह हुन्छ कस्तो पीडा हुन्छ भनेर’ केसीले भन्नुभयो ।

    राष्ट्रियताको सवालमा बोल्दै केसीले लिपुलेख हाम्रो भूमि हो र पहिल्यै देखि हाम्रो थियो भन्ने छिमेकीको भनाइ गलत हो भन्दै १७ वटा सिमाचौकी हटाएर पनि एउटा राखिएको बताउनुभयो । वास्तवमा कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि नै भएको तथ्य उहाँले प्रस्तुत गर्नुभयो ।

    गण्डक सम्झौताको वेलीविस्तार गर्दै उद्घाटन गर्न राजा र नेहरू सामेल भएको र पछि गण्डक सम्झौता गरेको भनेर संसद विघटन समेत गरेको स्मरण गर्दै केसीले राजाको दोहोरो भूमिकाले नै उनीहरु आफ्नो गद्दीको हित सम्मको लागि मात्र राष्ट्रियताको कुरा गर्ने बताउनुभयो ।

    अन्य देशको विवादमा तत्काल दुई पक्षीय वार्ता गर्न पुगेपनि नेपालको समस्यामा कोरोनापछि छलफल गरौँला भन्ने भारतको चरित्रले नै नेपालको राष्ट्रियता कति खतरामा छ भन्ने स्पष्ट भएको उहाँको भनाई थियो ।

    दुई वटा हिमाली राजा सितको मुलुक सिक्किम र भुटानलाई खाएपछि ती भन्दा ठूलो जनसंख्या र भूगोल भएको नेपाललाई समाप्त गर्न भूगोल र जनसाङ्खिक रूपमा कब्जाको लागी नै एकातिर लिपुलेख, सुस्ता लगायत दर्जनौं स्थानमा अतिक्रमण र अर्कोतिर एकहातमा सिन्दुर र अर्कोमा नागरिकताको नीति अगाडि बढाएको बताउनुभयो।

    अर्को प्रशंगमा नेता केसीले राजनीति भनेको कमाउने खेलोको लागि नभै सेवाभावको लागि गर्नुपर्ने बताउनुभयो ।‘हिजो जनताको बिचमा चप्पल पड्काएर हिँड्ने, थाल थापेर भात खानेहरूको काठमाडौं लगायत ठूला शहरहरूमा महल कहाँबाट आए ?’ उहाँले प्रश्न थगर्नुभयो, ‘भ्रष्ट नेताहरूको यही नालायकीपनको कारण हिजो राजा नजिक बसेर तर मारेकाहरू सत्ताको स्वर्ग फर्काउने प्रयत्न गरेर राजा आऊ देश बचाउ भनिरहेका छन् ।’

    आफ्नो पार्टीले २०४८ सालमा पनि प्रतिगमन हुन्छ भन्दा स्यालहुईंया भन्ने हरूले राजा ज्ञानेन्द्रको प्रतिगमन ब्यहोरेको याद दिलाउँदै हिन्दुराज्य र राजावादी आन्दोलनलाई कमजोर नसोची त्यसलाई निश्तेज पार्न जनता संगठित भै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    संघीयताको प्रसंग उठाउँदै राजमो अध्यक्ष केसीले विश्व बैंकबाट ऋण काढेर संघीयता कसरी चल्छ भन्दै एउटा संसद धान्न सक्ने खुवि नभएको देशले कसरी आठवटा संसद धान्न सक्छ ? भनि प्रश्न गर्नुभयो । उहाँले युवा शक्तिलाई विदेश खेदेर हाईसन्चो मान्दै शासकहरु बस्ने र दिन दिनै विदेशमा ज्यान समेत गुमाउने गरेका, बचेका युवाबाट आएको रेमिटेन्सबाट ऐसआरम गर्ने प्रवृत्ति रहेको भन्दै यसबारे जनताले बुझ्नुपर्ने बताउनुभयो ।

    राजावादीहरूले संघीयताप्रति नेपाली जनताको घृणा देखेपछि संघीयता खारेज गर भन्ने गरेको अवसरवादी तरिकाबाट फाइदा उठाउन खोजेको तथ्य प्रष्ट पार्दै संघीयताप्रति जनताको वितृष्णाबाट राजतन्त्र फर्काउने कुचेष्टा गरेको बताउनुभयो ।

    भ्रष्टाचार बारे बिभिन्न प्रसंगहरूको समेत अध्यक्ष केसीले चर्चा गर्नुभयो ।उखु किसानको समस्या बारेमा बोल्दै सरकारले किसानको चिनीमिलले दिनुपर्ने ९० करोड पटकपटक सहमति गरेर पनि दिलाउन किन सक्दैनन्  ? भन्ने प्रश्न गर्दै मिल मालिक नैे मन्त्री, सांसद छन्, चुनावमा पैसा दिन्छन् त्यसकार उखु किसानले सास्ती भोग्नु परिरहेको उहाँको भनाई थियो ।

    भ्रष्टाचार कस्ले गरेको छ भनेर छानबिन गर्ने सर्वोच्च निकाय अक्तियार प्रमुख नै जेल पुगेको, न्यायलय प्रमुखको त्यही अवस्थाले नेपालमा विधिको शासन प्रति जनताको विश्वास गुमेको बताउनुभयो।

    अक्तियार प्रमुख, प्रधान न्यायाधीश तथा मुख्य मुख्य ठाउँमा आफूपक्षको भागवण्डामा पर्नु पर्ने सरकारका अलगअलग गुट र र विपक्ष सबैको जोडबल रहेको उहाँको भनाई थियो ।कतिपय पक्षले फेरि यो सरकारलाई तपाईहरूको समर्थन किन ? भनेर सोध्ने गरेको प्रशंग कोट्याउँदै केसीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षको सवालमा जति दृढता यो सरकारले देखाउने गरेको छ अरूमा त्यतिसम्म पनि नभएकोले समर्थन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष एवम् जिल्ला अध्यक्ष बद्रे आलम, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभाका साँसद तारा जिसी, नेकपा (मसाल) का रूपन्देही प्रवक्ता नारायण जिसीले पनि आफ्नो विचार राख्नुभएको थियो ।

    नगर अध्यक्ष रूक बहादुर पराजुलीको अध्यक्षता र सचिव हुमाकान्त न्यौपानेले सञ्चालन गर्नुभएको बिरोध सभामा कम्युनिस्ट संग्रहालय नेपाल का अध्यक्ष चेतनाथ आचार्यको पनि आतिथ्यता रहेको थियो ।

    बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.