• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

उखुकिसानसित यसपालि उधारो सम्झौता नहोस् : दुर्गा पौडेल (फोटो र भिडियो)


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा
    काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले उखुकिसानसित यसपालि उधारो सम्झौता हुन नहुने बताउनुभएको छ । राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका उखुकिसानको आन्दोलनप्रति २०७७ पुस १ गते ऐक्यबद्धता जनाउँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    धर्नास्थलबाट युगदर्शनलाई प्रतिक्रिया दिँदै पौडेलले उखुकिसानले उखुको बक्यौताका लागि राजधानीमा धर्ना दिन आउन बाध्य हुनु दुःखको विषय भएको बताउनुभयो । ‘सर्लाहीमा उखुखेती गरिरहेका किसानहरू आफ्नो उखुको बक्यौता माग्न राजधानी आउन बाध्य हुनु दुखद् छ’ उहाँले भन्नुभयो– ‘उखुकिसानको बक्यौता तत्कालै भुक्तानी गरिनुपर्दछ । यस पटक उधारो सम्झौता कुनै हालतमा हुनुहुँदैन ।

    राजमो नेतृ पौडेलले सरकार जमानत बसेरै भए पनि उखुकिसानको बक्यौता भुक्तानी गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘सर्वप्रथम उखुकिसानको बक्यौता सरकारले नगद भुक्तानी दिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘पछि उक्त रकम मिलमालिक र अनुदानबाट असुलउपर गर्न सकिन्छ ।’ उहाँले सरकारले ९० करोड रुपियाँजति उखुकिसानको बक्यौता भुक्तानी तत्कालै गर्न आवश्यक प्रक्रिया थालिहाल्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाले गत सालदेखि नै उखुकिसानको पक्षमा सदन र सदकमा समेत आवाज उठाइरहेको बताउनुभयो । ‘हामीले यस विषयलाई सदनदेखि सडकसम्म उठाउँदै आइरहेका छौँ’ पौडेलले भन्नुभयो– ‘अहिलेको यो आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ ।’ उहाँले उखुकिसानको यो जायज मागका पक्षमा लगातार आवाज उठाइरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    आन्दोलनकारीको अभिव्यक्ति
    आइतबारदेखि धर्नास्थलमा बसेका एक जना किसान हुन् रामनगर गाउँपालिका–१, सर्लाही रामेश्वरप्रसाद यादव । हामीसितको सङ्क्षिप्त कुराकानीमा उनले गत साल पुस १८ गते भएको सम्झौतापछि अत्यन्तै न्यून रकम पाएको दावी गरे । ‘मेरो उखुमिलसित एक लाख ७४ हजारजति बकाया छ’ उनले भने– ‘त्यसमध्ये मात्रै २५ हजार रुपियाँजति बैङ्कमा राखिदिएका छन् । अरू रकम हामीले पाएका छैनौँ ।’

    सरकारसित वार्ता हुन सक्ने/नसक्नेबारे उनको प्रतिक्रिया थियो– हामी वार्ता गर्दैनौँ, हामीलाई नगद दिनुस् ।’ उनले नगद दिन सुरु गरेपछि मात्र वार्ता सुरु गर्न सकिने बताए ।

    उनले सर्लाहीको अन्नपूर्ण मिलले मात्रै त्यहाँका किसानको गत चार वर्षदेखि ३६ करोड रुपियाँभन्दा बढी बक्यौता नतिरेको बताए । उनले त्यही बक्यौता भुक्तानीका लागि काठमाडौँको चिसोमा धर्नामा बस्नुपरेको गुनासो गरे ।

    ऐक्यबद्धताको ओइरो
    उखुकिसान सङ्घर्ष समिति सर्लाहीको ब्यानरमा गत मङ्सिर २८ गतेदेखि सुरु भएको यो आन्दोलनप्रति धेरै राजनीतिक दल तथा किसान सङ्घसंस्थाले ऐक्यबद्धता जनाइरहेका छन् । आज सो आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न राजमोका केन्द्रीय नेता आनन्द शर्मा, केन्द्रीय सदस्य घनश्याम शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँका सचिव मोहन जिसीको उपस्थिति रहेको थियो ।

    त्यस्तै, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन, अखिल नेपाल प्रगतिशील किसान सङ्घले आज पनि एक्यबद्धतास्वरूप प्रेसवक्तव्य जारी गरेका थिए । आजै नवलपरासीबाट पीडिति किसानको एउटा समूह धर्नास्थलमा नै आएर ऐक्यबद्धता प्रकट गरेको थियो ।

    उखुकिसानका माग
    उखुकिसान सङ्घर्ष समितिको मुख्य माग भनेको मिलहरूसित बाँकी बक्यौता रकमको भुक्तानी नै हो । त्यसका साथै उनीहरूले उखुखेतीबापत पाउनुपर्ने अनुदान रकम पनि पाएका छैनन् ।

    उनीहरूले धर्नास्थल सडकमा बिछ्याएका यी ब्यानर, प्लेकार्डले पनि किसानको माग अभिव्यक्त भइरहेको छ । त्यसमा लेखिएको छ :

    १. नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिम उखुकिसानको सम्पूर्ण बक्यौता तुरन्त दिनुपर्ने ।

    २. उखुकिसान र सरकारसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउन किसानले समयमै मल, बिउलगायतका सुविधा उपलब्ध गराउनुपर्ने ।

    ३. नेपाल सरकारबाट उखुकिसानलाई उपलब्ध गराउने अनुदानबापतको रकम समयमै उपलब्ध गराउनुपर्ने ।

    ४. नेपाल सरकारले निर्धारण गरेको उखुको मूल्य क्रयरसिदमा तोकिनुपर्ने र उखु खसेको मितिदेखि एक साताभित्र भुक्तानी दिनुपर्ने ।

    ५. चिनीमिलमा कार्यरत श्रमिकको सेवासुविधाको सुनिश्चितता गरी समयमै उपलब्ध गराउनुपर्ने ।

    ५. नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन नेपाल सरकारले बन्द रहेका चिनी उद्योगबाट किसान–मजदुरका विगतका बाँकी रकम भुक्तानी गराई अविलम्ब सञ्चालन गर्नुपर्ने ।

    कस्ता छन् नारा ?
    धर्नास्थलमा उखुकिसानका पीडा झल्किने यस्ता नारा ब्यानर, प्लेकार्डमा लेखिएका छन् :

    • २०७६ पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु गर !
    • सरकार ! किसानलाई बाच्न देऊ ।
    • उखुकिसानले पैसा नपाउने कहिलेसम्म ?
      सरकार मौन जहिलेसम्म
    • सानो छ खेत सानो छ बारी सानै छ जहान
      सानो छ देश ठुलो छ सरकार अटेन किसान
    • अप्पन कमाई मँगै छि
      दोसर के कमाई खाइके आदत नै छि
    • गुलियोको खेती गर्छौं
      तर आफ्नै मन अमिलो भएको छ
    • तिम्रो चियामा चिनी,
      हाम्रो चियामा उत्पीडन
    • तपाई हिटर तापेर पैसा फिर्ता ल्याइदिनू
      हामीलाई चप्पलमै न्यानो हुन्छ सरकार
    • को बनाउँछ देश महान् ?
      मजदुर–किसान, मजदुर–किसान

    माग पूरा होला ?
    पुसको थर्थराउँदो जाडोमा उखुकिसानरू बिहानैदेखि सडकमा छन् । उनीहरूप्रतिको ऐक्यबद्धता बढ्दो छ । उनीजस्तै शोषित–उत्पीडित जनताको सहानुभूति उनीसँगै छ । आफूजस्तै अन्य विपन्न तप्काको सहानुभूतिको बलमा उनीहरू मङ्सिर २८ देखि माइतीघर मण्डलाको सडकको चिसोमा डटिरहेका छन् ।

    तर अहिलेसम्म सरकारको तर्फबाट कुनै हरियो बत्ति नदेखिएकोमा उनीहरूको गुनासो छ । त्यसो त पोहोरजस्तै उधारो सहमतिको पक्षमा उनीहरू कुनै पनि हालतमा छैनन् । उनीहरू भन्छन्– बरु दुईचार हप्ता अझै धर्नामा बस्नु किन नपरोस्, तर उधारो सहमति मान्य छैन; हामीलाई नगद चाहिन्छ, नगद ।

    माइतीघर मण्डला यतिखेर स्तब्ध भई सोधिरहेको छ, दुईतिहाइ बहुमतको सरकारले उखुकिसानको माग नगदमै कहिले पूरा गर्ला ? कि केही किसानले बलिदान दिनुपर्ने हो ?

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.